दुखद संघर्षका बीच जीवन पाल

" गरीबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझ दुःख दे "

  • पुस १, २०७९
  • १२४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस १ । सिराहा जिल्लाको धनगढीमाई ६ बसन्तपुर घर भएका जीवन पाल दुःखै दुःखको घेरामा जीवन जीउन विवस भएका छन् । करीब ३१ वर्षिय पाल आफ्ना बाल्यकालमा आमा बुबाको न्यानो काखको अनुभव गर्न पाएन भने उमेर बढेसंगै जगतारैन पालसंग विवाह भयो तर विडम्बना विवाह लगतै पालको सासु ससुरा बिते । सृुस्त मनस्थितिका पालकाे बोलि स्टपष्ट नआउने पालको एक मात्र सहाराको रूपमा रहेकी करिब २८ वर्षीया श्रीमती जगतारैन पालको उपचारको क्रममा मृत्यु भएपछि जीवन पालको जीवनमा यतिबेला ठूलो बज्रपात भएको छ । सुत्केरी बेथाको कारण जगतारैन पालले विराट नर्सिगं होम विराटनगरमा यो संसारलाई छोडेपछि अहिले करिब १८ दिनकाे नवजात शिशुलाई काखमा बोकेर संसारलाई सहयोग मागिरहेका छन् ।

घडेरी वाहेक अन्य आयस्रोत नभएको पालका छिमेकी धनेश्वरी देवी पालले बताइन् । नवजात शिशुको यतिबेला पालन पोषण गर्नका लागि पालसंग कुनै अन्य विकल्प छैन । नवजात शिशुलाई बचाइ दिन सवै सहयोगीहरुलाई गुहारी रहेका छन् पालले । साथै हेल्पिगं हटलाईन संस्थाले सक्दो सहयोग गर्ने बताएका छन् । श्रीमतीको मृत्यु पश्चात सामाजिक सस्कार अनुसार विधि गर्न गाँउलेहरुले चन्दाको सहयोगबाट हिन्दु धर्म अनुसार विधि पुरा गरेको पाल जातका माइन्जन राम अशिष पालले बताए । पालले अन्तमा नवजात शिशुलाई बचाइ दिन स्थानिय जनप्रतिनिधीहरु तथा स्थानिय निकायलाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

व्यवस्थापन समितिको व ...

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यव ...

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१