Siraha Times
ताजा समाचार

दुखद संघर्षका बीच जीवन पाल

" गरीबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझ दुःख दे "

  • पुस १, २०७९
  • १४२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस १ । सिराहा जिल्लाको धनगढीमाई ६ बसन्तपुर घर भएका जीवन पाल दुःखै दुःखको घेरामा जीवन जीउन विवस भएका छन् । करीब ३१ वर्षिय पाल आफ्ना बाल्यकालमा आमा बुबाको न्यानो काखको अनुभव गर्न पाएन भने उमेर बढेसंगै जगतारैन पालसंग विवाह भयो तर विडम्बना विवाह लगतै पालको सासु ससुरा बिते । सृुस्त मनस्थितिका पालकाे बोलि स्टपष्ट नआउने पालको एक मात्र सहाराको रूपमा रहेकी करिब २८ वर्षीया श्रीमती जगतारैन पालको उपचारको क्रममा मृत्यु भएपछि जीवन पालको जीवनमा यतिबेला ठूलो बज्रपात भएको छ । सुत्केरी बेथाको कारण जगतारैन पालले विराट नर्सिगं होम विराटनगरमा यो संसारलाई छोडेपछि अहिले करिब १८ दिनकाे नवजात शिशुलाई काखमा बोकेर संसारलाई सहयोग मागिरहेका छन् ।

घडेरी वाहेक अन्य आयस्रोत नभएको पालका छिमेकी धनेश्वरी देवी पालले बताइन् । नवजात शिशुको यतिबेला पालन पोषण गर्नका लागि पालसंग कुनै अन्य विकल्प छैन । नवजात शिशुलाई बचाइ दिन सवै सहयोगीहरुलाई गुहारी रहेका छन् पालले । साथै हेल्पिगं हटलाईन संस्थाले सक्दो सहयोग गर्ने बताएका छन् । श्रीमतीको मृत्यु पश्चात सामाजिक सस्कार अनुसार विधि गर्न गाँउलेहरुले चन्दाको सहयोगबाट हिन्दु धर्म अनुसार विधि पुरा गरेको पाल जातका माइन्जन राम अशिष पालले बताए । पालले अन्तमा नवजात शिशुलाई बचाइ दिन स्थानिय जनप्रतिनिधीहरु तथा स्थानिय निकायलाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१