रेशम चौधरी रिहाई आम जनताको चाहना

  • मंसिर २८, २०७९
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २८ । नेपाली राजनीतिक परिवेशमा राजनीतिक खिचातानीमा सर्वसाधारणहरु विगत लामो समयदेखि परिरहेका छन् । राजनीतिक दम्बका बीच उभिएका न्यायपालिकाको खराब नीतिका सामना गर्दै आएका छन् नेपाली जनता । टिकापुर विद्रोह भएको करीब सात वर्ष नाघ्यो । रेशम चाैधरी जेल बसेको पनि कयाैं वर्ष भयो । न्यायको निम्ति सडक आन्दोलन गर्दा परिस्थिलाई विचार नगरी जेलभित्र रेशम चाैधरी लाई राखिनु चिन्ताको विषय बनेको छ । रन्जन कोईरालालाई उन्मुक्ति दिनसक्ने सरकारले राजनीतिक बन्दी रेशम चाैधरीलाई अबैध हिरासतमा किन राखेको होला ? सीमित अधिकार लिएर भए पनि राज्यसंग सम्झाैता गर्न चाहने थारुहरुलाई दमन गरिन्छ र उनीहरुमाथि ज्यादती र अत्याचार जारी राखिन्छ । यो सबैको जडमा राज्य र शासक जातिमा रहेको असुरक्षा भाव हो ।

थारुहरुले सोंचेका थिए, राज्य र शासनले नदिए पनि अदालतले न्याय देला तर अदालत पनि जातिय शासन कै पुच्छर देखिन पुग्दा आम नेपालीमा राज्य सरकार प्रती बिश्वास घटेको देखिन्छ । रेशम चौधरीको रिहाईको खवर उठ्दा खुशी हुने नेपाली जनतालाई निराश गराउने सरकारले १७ हजार नेपालीको निर्मम हत्या गराउने प्रचण्डलाई किन जेल भित्र राख्दैन ? उनी उपचारमा रहँदा किन हथकडि लगाउँदैन ? यदि जेल हाल्ने हो भने मूर्ति चोर,सुन काण्डका मतियार ,दरवार हत्या काण्ड गराउने व्यक्तिहरूको पहिचान गरेर जेल हाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१