ताजा समाचार

श्रीमतिको हत्या अभियोगमा श्रीमान् पक्राउ

  • मंसिर २७, २०७९
  • ११२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २७ । मधेश प्रदेशको धनुषा जिल्लामा श्रीमती हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राऊ गरेकाे छ । मंसिर २६ गते बिहान अं. ०४;०० बजेको समयमा धनुषाकाे बटेश्वर गा.पा.५ शान्तिपुर बस्ने वर्ष २८ की रिता देवि भन्ने अमृता कुमारी यादव आफ्नै घरको सुत्ने कोठामा बन्चरो प्रहारबाट घाईते भएकी थिइन् । घाइतेलाई उपचारको लागि काव्य अस्पताल जनकपुरमा पुगाउँदा अमृता देवी यादवको मृत्यु भएको भन्ने खबर बिहान ०६;१० बजे प्राप्त हुना साथ तत्काल अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले विभिन्न व्यक्तिहरूसंगको सोधपुछ तथा घट्ना प्रकृतिवारे अनुसन्धान गर्दा शंका लागि मृतकको श्रीमान वर्ष ३२ को विरेन्द्र यादवलाई नियन्त्रणमा लिएको थियाे ।

प्रहरीले अनुसन्धान गर्दा “ श्रीमान्/श्रीमति विच घरायसी विवादमा घरमा रहेको सानो बन्चरोले अमृता यादवको टाउको तथा अनुहार भागमा काटि गम्भिर घाईते बनाई अचेत बनाएपछि विरेन्द्र यादव घर बाहिर निस्की चोरहरू घरमा पसि मेरो श्रीमती अमृता कुमारी यादवलाई धारिलो हतियार प्रयोग गरि घाईते बनाएको भन्ने हल्ला गरि स्थानीयको सहयोगमा यादबले आफ्नो श्रीमतीलाई अस्पताल पुगाएका थिए । अस्पतालमा सोही चोटको कारण अमृताकाे मृत्यु भएको भनी अनुसन्धाबाट खुल्न आएको थियो । उक्त घट्ना आफुले घटाएको व्यहोरा प्रारम्भिक रूपमा मृतकको श्रीमान् विरेन्द्र यादवले स्वीकार गरेको, साथै हत्या गर्न प्रयोग भएको बन्चरो मृतकको घर पछाडी रहेको पोखरीबाट समेत बरामद भएकोमा निज विरेन्द्र यादवलाई पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤