Siraha Times
ताजा समाचार

बृहत विरोधसभाको तयारीको लागि बैठक सम्पन्न

  • माघ १९, २०७५
  • ८२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह माघ १९ । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले आगामी माघ २१ गते सोमवार प्रर्दशन गरिने जुलुशमा व्यापक सहभागिता जुटाउन शुक्रवार बिस्तारित बैठक सम्पन्न गरेको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहको अध्यक्षतामा बसेको बैठकले सोमवार गरिने बृहत विरोध प्रर्दशन कार्यक्रमलाई सफल बनाउन जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका वडाका पदाधिकारी , शुभेच्छुक र कार्यकर्ताहरुसंग छलफल गरेको छ । बैठकमा नेपाली कांग्रेस जनकपुरधाम नगरसमिति सभापति साहले सोमवार दिउंसो १२ बजे नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयबाट विरोध प्रर्दशन शुरु भई नगर परिक्रमा गरि कोण सभामा परिणत हुने जानकारी गराए । सो बृहत विरोध प्रदर्शन कार्यक्रममा व्यापक सहभागिताका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ देखि २५ सम्मका नेकाका नेता कार्यकर्ताहरुलाई सहभागी हुन आग्रह गरेका छन । 
सो बैठकलाई सम्बोधन गर्दै महासमिति सदस्य दिगम्बर रायले नगर क्षेत्रभित्रका सबै क्षेत्रका नेता कार्यकर्ताहरुलाई जानकारी गराउन नगर समितिले संयन्त्र निर्माण गर्नतर्फ ध्यान आकृष्ट गराए । त्यसै गरि अर्का महासमिति सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता प्रफुल्लराज घिमिरेले देशमा कम्युनिष्ट सर्वसतावादतर्फ उन्मुख भईरहेकोले सरकारको अलोकतान्त्रिक काम कारवाही विरुद्ध प्रर्दशन हुन लागेको बृहत बिरोध प्रर्दशनमा सबैले आ—आफनो स्तरबाट सहयोग गर्नुपर्ने बताए । कसैलाई जानकारी नभएपनि साथीहरुसंग समन्वय गरि उपस्थित भई कार्यक्रमलाई सफल बनाई दिन आग्रह गरे । बिस्तारित बैठकमा नेपाली कांग्रेसका नेता गणेश तिवारी , प्रदेशसभा सदस्य प्रमिला दास , पुर्व सांसद पुष्पलता लामा, ललन चौधरी , श्याम साह , धिरेन्द्रमोहन झा , सुरेश कोईराला , परमेश्वर साह , मिथिलेशलाल कर्ण , दिपेन्द्र झा , विजय साह , मनोज साह , शम्भुनाथ झा , अजय नायक , जानकीशरण साह , जिल्ला सदस्य अनिता श्रीवास्तव , महिला नेतृ निलम कर्ण , मिनु झा , किरण झा , बिजेता झा , सरस्वती मंडल , सावित्री साह , तुल्सा पटेल , प्रमिला साह , भावना ढुंगेल , निर्मला कोईराला , बसन्ती ठाकुर , बिमला ठाकुर सहितका नेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Image may contain: one or more people

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१