गाडी मर्मत गरी भुक्तानी नदिँदा गाडि नियन्त्रणमा

  • मंसिर २४, २०७९
  • ८६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर २४ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षले चढ्ने गरेको वा.२ झ ३०५३ को इसुजु पिकअप भ्यान मर्मत गरेको विलको रकम भुक्तानी नदिँदा काठमाडौं बाट ग्यारेज संचालकले नियन्त्रण लिएर १ दिन राखि रकम भुक्तानी गरिदिने सर्तमा छोडिदिएका छन् । खानेपानी मन्त्रालयको नाममा रहेको उक्त गाडि करिव ४ वर्ष देखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले चलाउँदै आएको थियो । ग्यारेज संचालकले गाडि नियन्त्रणमा लिए पछि प्रहरीले गाडि चालक धनीराम मण्डललाई पक्राउ गरी हिरासतमा राखेको थियो । गाडिमा संगै रहेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले गाडिको मर्मतको रकम भुक्तानी गरी गाडि फिर्ता लिनुको सट्टा आफ्नै ड्राईभर माथि आरोप लगाई प्रहरीमा उजुरी गरी ड्राईभरलाई थुनाएको वुझिन आएको छ । साथै अध्यक्ष साह ले गाडि ग्यारेज संचालकले नियन्त्रण लिनुमा उनी भन्दा पूर्वका अध्यक्ष ई. शालीग्राम सिँहको पनि सहयोग रहेको आरोप लगाएका छन् ।

No description available.

यस विषयमा ग्यारेज संचालक शंकर केसीसंग वुझ्दा मिति २०७९।०४।०४ गते गाडि मर्मत गरि गाडि चालकलाई सक्कल विल वुझाएको र सरकारी अफिसको गाडि भएको तथा अफिसको चेकबाट भुक्तानी गर्नुपर्ने भएकोले र चेकमा साईन गर्ने हाकिम यही गाडिमा संगै रहेको र जनकपुर पुग्नासाथ रकम पठाईदिने प्रतिवद्दता गरी विश्वासमा परि तत् समयमा गाडि दिईएको थियो तर तत्पश्चात् रकम भुक्तानी दिनुहुन भनी लिखित तथा मौखिक ताकेता गर्दा पनि रकम भुक्तानी नदिएको अवस्था थियो, यस सम्वन्धमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खानेपानी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौ लाई समेत जानकारी दिँदा पनि कुनै पहल नभएकोले वाध्य भएर गाडि तान्नु परेको हो के.सी ले भनेका छन् ।

यता यही विषयलाई लिएर केही अनलाईन मिडियाहरुले यस घटनामा पूर्व अध्यक्ष श्री शालीग्राम सिँहको संलग्नता देखाई निजको चरित्रहत्या गर्ने दुश्प्रयास गरेको वुझिन आएको छ । यस विषयमा वुझ्दा सिँहले आफ्नो कुनै संलग्नता नरहेको गाडि मर्मत गरेको रकम ४ महिना सम्म भुक्तानी नदिनुले संस्थाको नै वद्नाम गर्ने कार्य भएको र सो कार्यबाट वच्नको लागि मलाई दोषारोपण गरेको तथा यसमा आफ्नो कुनै प्रकारको संलग्नता हुने विषय नै नरहेको भन्दै आफू विगतमा अध्यक्ष हुँदा यस्तो कुनै समस्या नआएको तर हाल यस्ता गतिविधिले संस्थाको गरिमा मा नै आँच पुर्याएको वताएका छन् । यस विषयमा थप जानकारीको लागि त्याँहा कार्यरत कर्मचारीहरु संग सोधपुछ गर्दा नाम नवताउने शर्तमा १ कर्मचारीले भने गाडी मर्मतको विल कार्यालयमा आएको छ तर विगत ६ महिना देखि यहाँको प्रणाली नै विग्रन गई कर्मचारीले समेत तलव खान नपाएको स्थिति रहेको वताएका छन् ।

उनले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को आफ्नै गाडि थिएन यस अघिका अध्यक्ष ई. शालीग्राम सिँहले पहल गरेर १ गाडि ल्याउनु भएको थियो तर हाल त्यसको मर्मत को रकम समेत भुक्तानी नगरी गाडि ग्यारेज संचालकले नियन्त्रणमा लियो भनेको खवर सुन्दा दुख लागेको गुनासो गरेका छन् । यस विषयमा थप जानकारी लिनको लागि वहालवाला अध्यक्ष शीतल साह संग सम्पर्क गर्न खोज्दा सम्र्पक हुन सकिरहेको छैन । अध्यक्षले आफू चढ्ने गाडि मर्मत गरेको विल भुक्तानी नगर्दा अनाहकमा सवारी चालक धनीराम मण्डलले प्रहरी हिसासत मा २ दिन वस्नु परेको छ । प्रहरीले धनीरामलाई प्रक्राउ गर्दा त्यसमा सहयोग गर्नुको सट्टा निज अध्यक्षले उल्टै ड्राईभरलाई दोष दिएर आफू उम्कने प्रयत्न गरेको वुझिन आएको छ ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१