Siraha Times
ताजा समाचार

कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन

  • मंसिर २४, २०७९
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर / मांसिर २४ कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान आज सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगाएत संघ संस्थाको सहकार्यमा समापन भएको हो। १६ दिने अभियानलाई कृष्णनगरको लिंकगेटमा एक कार्यक्रमका बिच समापन गरिएको हो । कार्यक्रम कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षता तथा भन्सार कार्यालय कृष्णनगरका अधिकृत ठाकुर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको थियो। कार्यक्रमलाई संबोधन गर्दै भन्सार कार्यालय कृष्णनगरका अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी ठाकुर गौतमले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नहुने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिदै अपराध गर्नेले उन्मुक्ति पाउन नहुने बताए l कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्णनगरका वरिष्ठ प्रहरी नायब निरिक्षक दामोदर डागी, अस्थायी चेक पोष्ट लिंकगेटका वरिष्ठ प्रहरी नायब निरिक्षक शिव ओली, कविराज नागेश्वर मिश्र लगायत ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो सशस्त्र प्रहरीका सालिकराम, कार्यपालिका सदस्य ज्योति कोरी, विकाश श्रीवास्तव, पंकज गुप्ता लगायत समाजसेवी, पत्रकार, लगायत अन्यको सहभागिता रहेको थियोl कार्यक्रम संचालन कृष्णनगर नगरपालिका महिला शाखा प्रमुख थुमा देवी उपाध्यायले गरिन l
 

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१