Siraha Times
ताजा समाचार

लैंगिक हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • मंसिर २१, २०७९
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २१ । सिराहा प्रहरीद्वारा महिला हिंशा विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न । ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नं. ५ असनपुर डिहवार टोल स्थित ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा, राष्ट्रिय मानव अधिकार आयोग, मुक्ति नेपाल गोलबजार सिरहाको संयुक्त आयोजनामा अन्तर्क्रिया गरिएको थियो । मुक्ति नेपाल गोलबजार सिरहाको मनोपरामर्शकर्ता दिब्या कार्कीको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहका प्रहरी सहायक हवल्दार पार्वती कुमारी चौधरी तथा प्रहरी जनशक्तिहरु, स्थानिय समुदाय, भद्रभलादमी तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा अर्न्तराष्ट्रिय नाराकाे आधारमा तय गरिएको “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ ३१ औ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत “लैंगिक हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम” गरिएको थियो । उक्त कार्यक्रममा समुदायमा रहेको लैंगिक बिभेद, घरेलु हिंसा, दाईजो प्रथा, सामाजिक मुल्यमान्यताका सामाजिक कु-रिती कानुन बिपरित कार्य हो, सामुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा सचेतना तथा कानुनी प्रावधानको बारेमा समेत जानकारी गराई सो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१