Siraha Times
ताजा समाचार

उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई

  • मंसिर २१, २०७९
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, मंसिर २१ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दिन खान लाई अहिले फेरि रूपन्देही जिल्ला बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा उहांलाई भेटेर हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन्l खां मंत्री हुदा प्रदेशको शिक्षामा आपेक्षित सुधार गर्न हरेक सम्भव प्रयास गरेका तथा मदरसा शिक्षाको व्यावस्थापनमा राम्रो पहल गरेको र बहुसंख्यक तथा अल्पसंख्यक समुदायको समेत मन जित्न सफल मंत्रीका रूपमा रहन सफल समेत रहेकाले अब बन्ने लुम्बिनी प्रदेश सरकारमा उहाँ फेरि मंत्री बन्नु पर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए l राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार जहिर अहमद बरेलवी, जाहिर आजाद झण्डानगरी, अकिल अहमद, तोफेल खान लगायत समेतले खां लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्l

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१