Siraha Times
ताजा समाचार

सांसद चौधरीद्धारा राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोली संग छलफल

  • मंसिर १८, २०७९
  • २५४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ मंसिर १८ । संघीय सांसद बिनोद चौधरीले अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई समयमै जग्गा धनी पुर्जा गराउने उदेश्यले राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोली संग छलफल अघि बढाउनुभएको छ । आज नवलपरासीको परासीमा राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला सहितको अन्य सरोकारवालाहरु संग छलफल गरी करिव तीन महिना भित्र पश्चिम नवलपरासीका अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाईएको हो । बिशेष गरी सांसद चौधरीले हालसम्म अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई जग्गा धनी पुर्जा प्राप्तीका लागि अघि बढाईएको प्रकृया , देखिएको समस्या र समाधानको दिर्घकालीन उपाय वारे सरोकारवालासंग छलफल गरिएको प्रतिक्रिया दिनुभयो । सांसद चौधरीले आफु संघीय सांसद निर्वार्चीत भएको करिव एक सय दिन भित्रै जनतालाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने र बर्षोदेखी अलपत्र परेको अव्यस्थीत तथा सुकुम्वासी समुदायको दिर्घकालीन रुपमा समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको चौधरीले बताउनुभयो ।

छलफलको क्रममा अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई तत्काल पहिलो चरणमा जग्गा धनी पुर्जाको प्रारम्भीक रुप निस्सा उपलब्ध गराउने र एक दिन दिन भित्र नियमानुसार जग्गा धनी पुर्जा उपलब्ध गराउने सहमती भएको थियो । छलफलको क्रममा राष्ट्रिय भुमी आयोग नवलपरासीका संयोजक देवराज भण्डारी सहितको जिल्ला प्रतिनिधीहरुको टोली , यसैगरी बर्दघाट नगरपालिका , प्रतापपुर गाउंपालिका , सुस्ता तथा सरावल गाउंपालिका प्रमुख साथै नापी कार्यालय लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो । सो छलफलमा पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल , प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार , बिश्वप्रेम पाठक, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

नवलपरासी पश्चिम १ बाट निर्वार्चित सांसद चौधरीले नवलपरासीमा देखिएको अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई तत्कालै नियमानुसार जग्गा धनी उपलब्ध गराउने उदेश्यले छलफल अघि बढाउनुभएको हो । पश्चिम नवलपरासीमा करिव १० हजार अव्यस्थीत तथा सुकुम्वासी समुदाय रहेको अनुमान गर्न सकिन्छ । छलफलको फोटो संलग्न छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१