ताजा समाचार

जिल्ला स्तरीय खेल को साथ साथै पढाईमा पनि लाहान मनकामना स्कुलकै बर्चस्व

  • माघ १९, २०७५
  • १५४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, १९ माघ । सिरहा मा छात्र छात्राको सम्पुर्ण बिकास को भार उचाल्दै लाहान मनकामना स्कुलले खेल को साथ साथै पढाईमा पनि आफ्नो बर्चस्व कायम गरेका छन । शुक्रबार भएको जिल्ला स्तरीय स्पिच कन्टेस्ट्मा लाहान मनकामना स्कुलले २० वटा स्कुल लाई उछिनेर प्रथम स्थान प्राप्त गरेका हुन । उक्त कन्टेस्ट मा लाहान मनकामनाका छात्र जय गुप्ता ले जिल्ला स्तरीय स्पिच कन्टेस्टमा प्रथम पुरस्कार प्राप्त गरेका छन । एन प्याब्सन सिरहा द्वारा आयोजित स्पिच कन्टेस्ट कुल २० स्कुलका छात्र छात्रा सहभागी थिए । त्यसैगरी द्वितीय पुरस्कार लिटिल स्टार स्कुल र तृतीय पुरस्कार मेरी चिल्ड्रेन स्कुल ले पाएका हुन । लाहान नगरपालिका को समन्वयमा भएको यश प्रतियोगिता मा नेल्टा सिरहा को प्रतिनिधि वसन्त साह, बिनी भवानी प्रसाद कट्टेल र शिक्षा समिति लाहान को प्रतिनिधि कासिन्द्र यादव निर्णायक मन्ड्ल मा रहेका थिए । पठ्नपाठ्न को साथ साथै बिधार्थीहरुको समग्र बिकास को लागि लाहान मनकामना स्कुलले अतिरिक्त क्रियाकलाप मा बढी जोड दिएका छन । हालै भएको अन्तर स्कुल क्रीकेट खेलमा पनि यस स्कुलले सिरिज हात पारेका थिए । मनकामना स्कुलका प्रीन्सिपल बद्रीनारायण चौधरी को अनुसार पढाइको साथ साथ अतिरिक्त क्रियाकलाप जस्तो कि हाजिरीजवाफ्, स्पिच कन्टेस्ट, ड्रईङ, खेलकुद आदि ले छात्र छात्राको सम्पुर्ण बिकास गर्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤