जिल्ला स्तरीय खेल को साथ साथै पढाईमा पनि लाहान मनकामना स्कुलकै बर्चस्व

  • माघ १९, २०७५
  • १४२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, १९ माघ । सिरहा मा छात्र छात्राको सम्पुर्ण बिकास को भार उचाल्दै लाहान मनकामना स्कुलले खेल को साथ साथै पढाईमा पनि आफ्नो बर्चस्व कायम गरेका छन । शुक्रबार भएको जिल्ला स्तरीय स्पिच कन्टेस्ट्मा लाहान मनकामना स्कुलले २० वटा स्कुल लाई उछिनेर प्रथम स्थान प्राप्त गरेका हुन । उक्त कन्टेस्ट मा लाहान मनकामनाका छात्र जय गुप्ता ले जिल्ला स्तरीय स्पिच कन्टेस्टमा प्रथम पुरस्कार प्राप्त गरेका छन । एन प्याब्सन सिरहा द्वारा आयोजित स्पिच कन्टेस्ट कुल २० स्कुलका छात्र छात्रा सहभागी थिए । त्यसैगरी द्वितीय पुरस्कार लिटिल स्टार स्कुल र तृतीय पुरस्कार मेरी चिल्ड्रेन स्कुल ले पाएका हुन । लाहान नगरपालिका को समन्वयमा भएको यश प्रतियोगिता मा नेल्टा सिरहा को प्रतिनिधि वसन्त साह, बिनी भवानी प्रसाद कट्टेल र शिक्षा समिति लाहान को प्रतिनिधि कासिन्द्र यादव निर्णायक मन्ड्ल मा रहेका थिए । पठ्नपाठ्न को साथ साथै बिधार्थीहरुको समग्र बिकास को लागि लाहान मनकामना स्कुलले अतिरिक्त क्रियाकलाप मा बढी जोड दिएका छन । हालै भएको अन्तर स्कुल क्रीकेट खेलमा पनि यस स्कुलले सिरिज हात पारेका थिए । मनकामना स्कुलका प्रीन्सिपल बद्रीनारायण चौधरी को अनुसार पढाइको साथ साथ अतिरिक्त क्रियाकलाप जस्तो कि हाजिरीजवाफ्, स्पिच कन्टेस्ट, ड्रईङ, खेलकुद आदि ले छात्र छात्राको सम्पुर्ण बिकास गर्छ ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१