क्षेत्र-३ "ख"चुनाव एक सन्दर्भ

यथ त्वम करसी, तथ् त्वम भागसी

  • मंसिर १२, २०७९
  • १६८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

यो माथिको संस्कृत स्लोकको अर्थ हुन्छ, ७त्रगयतस जस्तो तिमी गर्छौ, त्यस्तो तिमी भोग्छौं।७त्रगयतस विश्वनाथ साहको अहिलेको स्थिति बर्णन गर्ने यो पंक्ति हो। चुनावी खिचातानीको शिलशिला सुरु भयो वाम लोकतान्त्रिक गठबन्धन बीच सिटको भागवण्डा र सिराहामा नेपाली काँग्रेस प्रतिनिधी सभाको टिकट वाडफाड बाट। नेपाली काँग्रेसको गुट, उपगुटको प्रवाभ, धेरै गन्थन्मन्थन र हिसाब किताब पछि सिराहा ३ प्रतिनिधी सभामा माओवादी केन्द्रको तर्फबाट विश्वनाथ साहले टिकट पायो। अब त्यसपछि पालो थियो प्रदेश सभा ३ ७त्रगयतसक७त्रगयतस र ३ ७त्रगयतसख७त्रगयतस को। ३ ७त्रगयतसक७त्रगयतस मा नेकपा एस र ३ ७त्रगयतसख७त्रगयतस मा नेपाली काँग्रेसको उम्मेदवार उठ्ने प्रारम्भिक सहमति भयो। तर, ३ ७त्रगयतसख७त्रगयतस माथि अरु कुनै पार्टी उम्मेदवारको गिध्धे नजर थियो। अन्त्वगत्व, ३ ७त्रगयतसख७त्रगयतस मा नेपाली काँग्रेस र नेकपा एसका उम्मेदवारहरुले मित्रवत प्रतिस्पर्धा गर्ने निधो भयो। तर, त्यस पछि पनि गठबन्धनको आडमा जित्न खोज्ने, आफ्नो वलमा जित्न नसक्ने र लिडे ढिपी गरेर टिकट पाएका उम्मेदवार प्रमोद यादवले नेपाली काँग्रेसका उम्मेदवार संजय प्रकाश यादवलाई उम्मेदवारी फिर्ता लिने, शिर्ष नेताको दबावमा बसाउने सम्मको प्रयास गरि रहे। त्यति मात्रमा पनि शृंखला रोकिएन। संगठन कमजोर र अघिल्लो कार्यकालको निककर्मन्यताको कारणले आफ्नो दममा जित्ने हुद्दा नभएका ति उम्मेद्वार सो काममा सफल नभएपछि नानाथरिका अफवाह फैलाउन थाले।

यो सब बिच आगमन हुन्छ अर्को मुर्खताको। वाम लोकतान्त्रिक गठबन्धन तर्फबाट सिराहा क्षेत्र न।(३ प्रतिनिधी सभामा माओवादी केन्द्र र प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा एस बिच मित्रवत प्रतिस्पर्धा छ भन्ने कुरा स्पस्ट हुदाहुदै पनि प्रतिनिधी सभाका प्रतिस्पर्धी विश्वनाथ साहले प्रदेश सभामा प्रमोद यादव नै गठबन्धनका उम्मेदवार हुन भनि मत माग्ने, सम्पर्क कार्यालय खोल्ने, कोण सभा गर्ने, आम सभा गर्ने, जन भेला गर्ने र घर दैलो गर्ने गर्न थाले। निर्लज्जता र निचताको पाराकाष्ट त त्यतिबेला नाघ्यो जतिबेला नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिका महामन्त्री उपेन्द्र यादव ति कार्यक्रमहरुमा गइ, रुख छापको उम्मेदवार हुदाहुदै पनि कलम छापमा मत हाल्न अनुरोध गर्न थाले। उता, नेपाली काँग्रेसका उम्मेदवार संजय प्रकाश यादव इमान्दारी पुर्वक प्रतिनिधी सभामा विश्वनाथ साह र प्रदेश सभामा आफ्नो मत माग्दै माथि उल्लेखित कार्यहरु गरि राखे। जनताबिच संजय प्रकाशले प्रमोद यादवको दलाली, परिवारवादी, अवसरवादी र जनताको काम नगर्ने प्रवृतिको पर्दाफास गरि जनचेतना बढाउने प्रयास निरन्तर गरिरहे।

यी सब बिच, म राजेश यादव, माथि उल्लेखित अबगुणहरु बाहेक मैसोथा पार्टी जुन सबै पार्टीगत सिद्धान्त र सबै राजनैतिक सिद्धान्त भन्दा माथि छस त्यसको भण्डाफोर गरि रहे। तर, अन्त्यमा त्यहि भयो जे सधै हुन्छ। विश्वनाथ साहको बेवकुफी, प्रमोद यादवको दलाली, उपेन्द्र यादवको बेइमानीका कारणहरुले मैसोथा पार्टी हावी हुने प्रवृतिको आज पुनस् जित भएको छ। ७त्रगयतसमैसोथा पार्टी धारणा७त्रगयतस ले जुनै निर्वाचनमा पनि अन्त्य सम्म त्यहा भएका सबै नेताहरु जुनै पार्टीका भए पनि एक हुने र मैसोथाको नेतालाई नै जिताउने प्रक्रियाले फेरी पनि निरन्तरता पाएको छ। आज सबै भन्दा सांगठनिक रुपले सबल नेपाली काँग्रेसका उम्मेदवार संजय प्रकाश यादव पराजित भएका छन्। तर, यो पराजय भन्दा दुस्खको कुरा आम जनताले मैसोथा पार्टी सोचलाई बुझ्नन सक्नु भएको छ। पराजयले संजय प्रकाश यादव क्षणिक निरास भए पनि, दिर्घकालमा उनि जनताको सेवामा लागि नै रहने छन् भन्ने हामी सबैलाई थाहा छ।

लौह पुरुष गणेश मान सिंहको एउटा मन्तव्य सम्झन चाहन्छु, ७त्रगयतसम लिदर हो लेदो होइन, लिदरको पछाडी कहिले लाख मान्छे, त कहिले लिदर एक्लै। लिदर जनताको सोच पछाडी लाग्ने होइन, जनताको बिचमा सोचको निर्माण गर्ने हो।७त्रगयतस संजय ज्यु, तपाईं चिन्तित नहुनुस। तपाईंसंग हिजो पनि जनता थिए, आज पनि छन् र रही रहनेछन। बरु, तपाईं सोझा साझा जनतालाई भ्रमित गर्ने सोच विरुद्ध आवाज उठाई सो सोचलाई परिवर्तित गर्नुस। साथै, म राजेश यादव, लगायत हामी सम्पूर्ण चेत भएकाहरुले मैसोथा पार्टी धारणा विरुद्धको चेतना जगाउन तर्फ लाग्नु पर्दछ। अगामी निर्वाचन अवश्य पनि आउँला, दलाल प्रमोद यादव, बेइमान उपेन्द्र यादव, वेबकुफ विश्वनाथ साह जस्ता नेताहरुले पुनस् हामीहरूलाई ठग्न खोज्लान तर हामी जनताले उनिहरुलाई मुहतोड जवाफ दिनु पर्ने छ। अन्त्यमा संजय प्रकाश यादव ज्युलाई आश्वस्त गराउन चाहन्छु की तपाईं आफ्नो अभियानमा लागि रहनुस। जनता जाग्ने छन र तपाईंको २५(३० वर्षको संघर्ष र इमान्दारीलाई पुरुस्कृत गरि यि निकृष्ट सोच भएकाहरुलाई निस्तेज बनाउने छन्।

जय नेपाल १

अनुरोधकर्ता

राजेश यादव

सक्रिय नेपाली काँग्रेस सिरहा न पा  १८

लक्ष्मीनियाँ ९

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१