मधेशमा माइन्जनहरुको भूमिका परिवर्तन हुँदै

  • माघ १९, २०७५
  • ८६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १९ माघ । माइन्जनहरुको भूमिका रुपान्तरण गर्न जोड दिँदै भोजभतेर न्यूनिकरण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरु बताएका छन् । सेफरवल्र्ड । इन्टरनेशनल एलर्टको सहयोगमा सुन्दर शान्त नेपाल परियोजनाका समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा आज नागरिक । संचारकर्मीसँग समन्वय बैठकमा मधेशमा जातीय माइन्जनबाट समाजिक विकृति अन्त्य गर्न सशक्त माध्यम रहेको सहभागीहरु बताएका छन् । मधेशमा जातीय अगुवालाई माइन्जन भन्दै आएका छन् । यस अन्तरगत (माइन्जन, देवान, जवार, मरर )लगायत छ । समावेशी राजनीतिक प्रक्रिया विषयक समन्वय बैठकमा माइन्जनहरुबाट समाजिक परिवर्तनमा ठूलो सहयोग हुने सहभागीहरुले बताएका छन् । समाजिक सद्भाव सुदृढीकरणका लागि जातीय माइन्जनको उत्तरदायित्व भूमिका रहेको भन्दै महिला हिँसा अन्त्य गर्न सहभागीहरुले जोड दिएका छन् । mmmmm नागरिक सहकार्य मँच लहानका सँयोजक दुर्गा परियारले माइन्जनहरुले भोजभतेर गर्न जुन दवाव दिइरहेको थियो त्यसमा परिवर्तन भएको छ । माइन्जनहरु लहानमा अहिले कानुनी सचेतना दिन थालिएको छ । वालविवाह विरुद्ध बोल्न थालेको छ । दहेजप्रथाको विरोध गर्न थालेको छ । छुवाछुतको सवाल गर्न बन्द गरिएको बताएका छन् । समाजमा जातीय सँरचनालाई पहिचान दिलाउँन, विवाह, सभा समारोह, धार्मिक अनुष्ठान, मरनीहरनी लगायतको क्रियाकलापमा माइन्जनहरुको अग्रणी भूमिका रहँदै आएको छ । उनीहरु मार्फत टोल, सभा, प्रागँना, क्षेत्र, गौयारी, मनस्तरको भोजभतेरको काम गर्दै आएको छ । सहकार्य मँच लहानकी रेनु कर्णले यत्तिबेला मइन्जनहरुले विवाह दर्ता, जन्म दर्ता, शिक्षा , स्वास्थ्य, रोजगारीलगायतको सवालमा सकारात्मक भएका छन् । वालविवाह विरुद्ध र दहेज प्रथाविरुद्ध अभियानमा सहकार्य गर्न थालेको बताउँछीन् । लहानमा १५० जति जातीय माइन्जन छन् । टोल टोलमा जातीय माइन्जन रहेका छन् । मुसहरहरुको मात्रै ३५ जना माइन्ज रहेका छन् । सहकार्य मँचकी कर्णले लहानमा ६ घरको वस्ती रहेको मुसहर टोलमा एक जना माइन्जन छन् । उनीहरु विहावारी तथा समाजिक क्रियाकलापमा माइन्जनलाई खोज्ने गरेका छन् । लहानमा ३५ जति जातीमा माइन्जन सक्रिय रहेको छ । पछिलो समय वैदेशिक रोजगार तथा कामकाजमा व्यस्त भएकाले युवाहरु गाउँ छाडेर बाहिर बस्ने गरेको छ । माइन्जनहरुलाई कामकाज गराउँने समूह नरहँदा उनीहरुको परम्परागत कार्य गौन हुँदै गएको छ । माइन्जनहरुको जिम्मेवारी कम हुँदै गएको छ । माइन्जन सक्रिय हँुदा सन्हेठाका रामरिझन यादवलाई जातीयबाट बहिष्कार गरेको थियो । उनले भोजभतेरको ठाउँमा १७ कठ्ठा जग्गा विद्यालयलाई दान दिएका छन् । हालै ५०। ६० लाख खर्च गरेर नरहा गाउँपालिकामा भोजभतेर गरेका छन् । उता, सो कार्यक्रममा बेलायति राजदुतावासकी एलिसन, सेफरवल्र्डका अविनाश कर्ण, अधिकारकर्मी दुर्गा महतो, फुलेश्वर महतो, असिम पाण्डे, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, उपाध्यक्ष रामबाबु यादव, गंगा अधिकारी, नागरिक सहकार्य मंच धनगढीका जनक परियार, मो.सकिललगायतले सूचनाको हक सम्बन्धी समेत मन्तव्य राख्नु भएका थिए । कार्यक्रम समग्र जनउत्थान केन्द्रका भैरव गैलालका सभाध्यक्षतामा भएका छन् भने कार्यक्रम सँचालन देवराज पोखरेलले गरेका छन् । माइन्जनहरुको कार्यमा सोच परिवर्तन गरेर यस्ता संगठनबाट समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१