ताजा समाचार

प्रेमीलाई बचाउँदा कसिसको दुर्घटनामा मृत्यू ?

  • माघ १८, २०७५
  • १७३९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, १८ माघ । प्रेममा मान्छे अन्धो हुन्छन् । यो कति सत्यता हो ? यसको प्रमाणित गरेर देखाएका छन् कसिस दाहालले । कसिसले आफ्ना प्रेमीको खुशी राख्न उनले आफ्ना ज्यान त्याग गरेका छन् । आफुसँग रहेका पतिसँगै कसिएकी कसिस प्रेमी दिपकराज पाठकलाई खुशी पार्न जहिलेपनि चिन्तित रहेका थिए । तर, प्रेमीले खासै वास्ता गर्दैन्थिए कसिसलाई । र, पनि कसिसको एकहोरो प्रेमले उनको मनमुटु कड्किरहन्थ्यो । कसिसको प्रेमलाई आत्मसात गरेर लुकीलुकी माया गरिरहन्थ्यो । कसिसको पति प्रकाश लम्सालको नजरमा आएपछि मौन हुन्थ्यो । यो शिलशिला चल्दै गर्दा प्रेमी दुर्घटनाको मुखमा पर्छन् । तर, कसिसले आफ्ना प्रेमीलाई बचाएर आफुले ज्यान त्याग गरिन् । उनको प्रेमी सकुशल छन् । कसिसको दुर्घटनामा मृत्यु भएको छ । यो रियल लाईफको नभएर ‘मैले भन्दा धेरै माया’ भने म्यूजिक भिडियोमा कसिसले अभिनय गरेकाछीन् । कसिस ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकीछीन् । यत्तिबेला कसिस दाहाल नेपाली चलचित्र क्वीनमा व्यस्त छीन् ।
यसैसँगै गीतकारको परिचय बनाएका दीपकराज पाठक ‘मैले भन्दा धेरै माया’ मा निर्देशक समेत बनेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने माण्डवी त्रिपाठीको स्वर समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा कसिस दाहाल, दिपकराज पाठक, गजित विष्ट र प्रकाश लम्साललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठकको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤