Siraha Times
ताजा समाचार

कर्जनहामा स्थितिलाई नियन्त्रणमा लिन तिन राउण्ड फायर

  • मंसिर ५, २०७९
  • १०३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर ५ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा सिरहाको कर्जनहा नगरपालिका वडा नं ६ बढहरा मिर्चैया स्थित राखिएको मतदान केन्द्रमा आपसी विवाद नियन्त्रणमा लिनका लागि त्यहाँ खटिएका सुरक्षाकर्मीले तीन राउण्ड हवाई फायर गरेका थिए । निर्वाचनको पूर्व सन्ध्यामा मंसिर ३ गते निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि बसेको सर्वदलीय बैठकले मतदान केन्द्रमा प्रत्येक पार्टीबाट पार्टी प्रतिनिधि एक जना राख्ने सहमति विपरीत पार्टीहरुले आफू खुशी थप पार्टी प्रतिनिधि राख्दा आपसी विवाद सिर्जना भएर मतदान केन्द्रमा विवाद चुलिए पछि स्थिति असामान्य भएको मतदान अधिकृत दुर्गानन्द चौधरीले बताउनुभयो । आपसी विवादले उग्र रुप लिन थालेपछि बिहान ६ बजेर ४० मिनेटमा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेपछि पुन पार्टीको सर्वदलीय सहमति भएर करिब बिहान ७ बजेर १० मिनेटमा मतदान शुरु गरिएको थियो । मतदान शुरु भएपछि आम जनताले आफ्ना मतदान शान्तिपूर्ण तवरबाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१