Siraha Times
ताजा समाचार

युवादेखि बुज्रुगको एउटै आवाज : पर्सा ४ (ख) मा सिंगासन कलवार लाई छातामा मतदान

  • कार्तिक २६, २०७९
  • १३०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २५ कात्तिक बिकास नै मेरो जितको एक मात्र सुत्र रहेको नेता सिंगासन सा. कलवारले बताएका छन् । निर्वाचन निकिदै जादा प्रचार प्रसार एवं घरदौलो कार्यक्रम तिव्र पारेका नेता कलवारले आफुले क्षेत्रमा बिकासको बाढी ल्याई दिएको कारण जनता आफ्नो पक्षमा रहेको दावी गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा आयोजित रात्रि कोणसभाप सम्बोधन गर्दै नेता कलवारले आफ्नो जित सुश्निचित भएको देखेपछि बिपक्षीहरु आतिएको तथा बिभिन्न हतकण्डाहरु अपनाई रहेको आरोप लगाए । जनतासँग भोट माग्न जाँदा जनता विकास हरेर निकै प्रभावित रहेको कारण यसपालीको निर्वाचनमा कुनै बंशवाद, रुपैयावाद लौवडा नाच, दारुमासले काम नगर्ने नेता कलवारले दावी गरे । एमाले–जसपा गठबन्धनबाट पर्साको निर्वाचन क्षेत्र नं. ४ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार रहेका नेता कलवारले यसपट क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सहित प्रदेश सभा सदस्यको दुवै पद जसपा– एमाले गठबन्धनले जितने ठोकुवा गरे ।

कलवारले आफ्नो कार्यकालमै क्षेत्र नं. ४ को २ लाई सदमुकामसँग सडक बाटो जोडेको तथा भारत भएर बीरगंज पुग्ने समस्याको अन्त गरेको बताए । इलाकाको सबै नदीहरुमा पुग बनेको तथा सडक सञ्जालले क्षेत्रको हरके गाउँलाई जोडेने काम गरेको दावी गर्दै नेता कलवारले यस पटक जनताले विकासमा मोहर लगाउँने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वधार विकास, सडक लगायत हरेक क्षेत्रको विकासमा मैले योगदान पु¥याएको कारण हरेक बर्गले मलाई भोट दिने नेता कलवारको भनाई छ । उनले आफुनो जित भारी मतान्तरले हुने हुँदा मेरो टक्करमा यस पटक कोही नरहेको बताए । गठबन्धनलाई कमजोर पार्न केही स्यालहरु लागेको भएपनि आफ्नो जित सुनिश्चित रहेको नेता कलवारले दावी गरे । गणेश राउत अहिरको अध्यक्षतामा भएको एमाले–जसपा गठबन्धनका संयुक्त कोण सभामा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँ, नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य बलिराम साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन जसपाका सचिन सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१