९ बर्षीयाकी विवाहको तयारी, प्रदेश २ मा बालविवाह उच्च

  • माघ १८, २०७५
  • ९३० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १८ माघ । चेलीछोरीको ग्यारेन्टी समाजका अगुवाले लियो भने हामी बालविवाह गर्न दिंदैनौ लहान नगरपालिकाका उपमेयर सरियार चौधरीले बताइन् । उपमेयर चौधरीले बालविवाहको कारण यत्तिबेला मृत्यूको शैयामा घुमिरहेका छन् । सम्बन्ध विच्छेदको मुद्दा आउँने सँख्या दिनदिने बढ्दै गएको छ । आज शान्तिको लागि साझा अभियानले आयोजना गरेको बालविवाह विरुद्धको अन्तरक्रिया कार्यक्रममा उपमेयर चौधरीले हामीले बालविवाह रोकियो । तर, उनका अभिभावकहरुले कहाँ कहाँबाट उडाएर रातारात विवाह गरिदिने गरेका छन् । यस्तो अवस्थामा वालविवाह रोकेर के अर्थ ? उपमेयर चौधरीले बताइन् ।

गोलबजार १२ का दिलिप मण्डलले सिरहाको लडकन्हामा ९ बर्षीया एक डोम बालिकाको विवाहको कुरा छिनेको छ । उनका अभिभावकलाई बालविवाह गर्न नदिन प्रयास गरिरहेको छु । तर, उनका अभिभावकले मेरो आफ्नो छोरीको विवाह गर्छु , तपाईलाई के मतलब भन्दै उल्टो धम्कि दिने गरेको बताउँछन् । गोलबजार २ की रत्नदेवी साहले बलकवाको मुसहर वस्तीको दूई बालविवाह मैले रोक्न लगाए । उनीहरुलाई स्वास्थ्यवारे जानकारी दिएपछि विवाह रोकेका हुन् । सखुवानन्कारकट्टीको मौवाही बस्ने चन्द्रिका कुमारी दासले बालबालिकाका अभिभावकले भने गर्छन् तिमीहरुले जिम्मा लिन्छौ । काँचो उमेरमा प्रेम गरेर भाग्ने गरेको छ । यस्ता घटनाको जिम्मा लिने हो भने बालविवाह नगरिने बताउँछन् । लहान ५ की गीता साहले १०० मा फोन गरेर वालविवाह रोकाए । तर, दश दिनपछि ती १४ बर्षीया बालिकालाई भारतमा लगेर विवाह गरिदियो । त्यति मात्रै होइन् एक महिनापछि मलाई बालिकाका अभिभावकहरुसहित २०—२५ जनाको एक समूह आएर मलाई धम्कि दिएका छन् ।

धनुषाकी मालती ठाकुरले वडा कार्यालयको सक्रियता हामीले तीन वटा बालविवाह रोक्न लगाएको छु । वालविवाहकै कारण महिला हिँसा बढेको छ भने मदिरा सेवनले ७५ प्रतिशत महिला हिँसा बढेको ठाकुरकी दावी छन् । लहान १ का रामवालक यादवले ठेट मधेशमा आज पनि व्यापक रुपमा वालविवाह हुने गरेको छ । एक पटक वालविवाह रोक्न जाँदा म १५ दिन गाउँ छाडेर भाग्नुपरेको छ । यसमा प्रहरीको समेत सँलग्नता रहेको थियो । वालविवाह प्रदेश २ मा ८० प्रतिशत रहेको छ भने दक्षिणी सिमाक्षेत्रमा वालविवाह व्यापक हुने गरेको छ । सिरहा, सप्तरी, महोत्तरी र रौतहटमा बालविवाहको सँख्या उच्च रहेको छ । वालविवाहले महिला हिँसा, पाठेघर खस्ने, बाझोपन हुने, बेरोजगारी समस्या बढ्ने, लक्ष्य प्राप्तीमा समस्या हुने गरेको छ । बालविवाह अधिकतम दलित समुदायमा भएपनि अन्य समुदायमा पनि उत्तिकै सँख्यामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

जसपा नेपाल सिरहा क्ष ...

ओम प्रकाश यादव लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ ...

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१