ताजा समाचार

लहानमा ‘वडाध्यक्ष कप’ क्रिकेट प्रतियोगिता

  • चैत १८, २०७४
  • १६५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

न्यूज्वारभाटा साप्ताहिक लहान । सिरहाको लहानमा ‘वडाध्यक्ष कप’ क्रिकेट प्रतियोगता लहान ८ का वडा अध्यक्ष विजयकुमार महतोले स्थापना गरेको छ । वडा अध्यक्ष महतोले आईतवार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिकाभित्र रहेका २४ वटै वडालाई समावेश गरी उक्त प्रतियोगिता प्रत्येक बर्ष संचालन गर्ने वडा कार्यालयमा सार्वजनिक गरेका छन् । अध्यक्ष महतोले ‘युवा पिढी कुलतमा लागेर समाजमा विकृति फैल्दै गएको अवस्थामा खेलतर्फ आकर्षण गर्न र स्वस्थ नागरिक बनाउंन यो क्रिकेट प्रतियोगिता स्थापना गरिएको हो । ’ सो खेल नयाँ वर्ष २०७५ बैशाख ५ गते लहानमा वडा स्तरीय टि–टवान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा हुन लागिएको प्रतियोगितामा सो नगरपालिकाका वडा नं. १ देखि २४ सम्मका स्थानिय वडाका क्रिकेट खेलाडीहरुको सहभागिता रहनेछ । २४ वटा टिमको सहभागिता रहने प्रतियोगीतामा स्थानिय युवाको क्रिकेट खेलप्रति रुची वढाई क्षमता विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको हो । सिरहा क्षेत्र नं. ४ प्रतिनिधि सभाका सांसद तथा पुर्व सूचना तथा संचार मन्त्री राजकिशोर यादवका प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन हुनेछ । ३ लाख ८० हजार ७ सयको लागतमा संचालन हुने प्रतियोगितामा सहयोग गर्न संचार माध्यमका साथै स्थानिय बिज्ञापन दाताहरुलाई आग्रह गरेको छ । लहानमा प्रत्येक वडा अध्यक्षलाई योजना अन्तरगत २ लाख रकम विनियोजित गरिएको छ । सोही रकम यो प्रतियोगितामा लगाउंने वडा अध्यक्ष महतोले भन्दै बांकी रकम स्थानीयको सहयोगमा प्रतियोगिता संचालन गरिने छ । यो प्रतियोगिता करिब २५ दिनसम्म चल्ने भएको छ भने प्रतियोगितामा छनौट भएका क्रिकेट खेलाडीलाई राष्ट्रियस्तरमा पठाउंन अभ्यास गरिने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगद र शिल्ड प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤