सुरुक्षाकर्मीद्धारा पार्टीको झण्डाहरु निकालियो

  • कार्तिक २६, २०७९
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २५ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको धनगढी बजार र जिरोमाईल आसपास लगायतका क्षेत्रहरूमा विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि मुख्य सडक छेउ छाउ र टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु ईलाका प्रहरी कार्यालय धनगढीद्वारा परिचालित प्रहरी टोलीले निकालेको छ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा आफ्ना नारा सहित प्रचाप्रसारलाई निरन्तरताका लागि झुण्डाएको झण्डाहरु निकालेको हो । स्थानिय मातहतका टोल बस्तीमा गस्तीमा गएको म्यादी प्रहरी , शस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टोलीले आचार संहिता विपरितका झण्डाहरु निकालेको हो । स्थानिय धनगढी बजारको विभिन्न ठाउँहरूमा झुण्डाएर राखिएको झण्डाहरु बिहान करिब ९ बजेको समयमा परिचालित प्रहरी टोलीले निकाल्दै अभियानलाई अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१