Siraha Times
ताजा समाचार

सुरुक्षाकर्मीद्धारा पार्टीको झण्डाहरु निकालियो

  • कार्तिक २६, २०७९
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक २५ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको धनगढी बजार र जिरोमाईल आसपास लगायतका क्षेत्रहरूमा विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि मुख्य सडक छेउ छाउ र टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु ईलाका प्रहरी कार्यालय धनगढीद्वारा परिचालित प्रहरी टोलीले निकालेको छ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा आफ्ना नारा सहित प्रचाप्रसारलाई निरन्तरताका लागि झुण्डाएको झण्डाहरु निकालेको हो । स्थानिय मातहतका टोल बस्तीमा गस्तीमा गएको म्यादी प्रहरी , शस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टोलीले आचार संहिता विपरितका झण्डाहरु निकालेको हो । स्थानिय धनगढी बजारको विभिन्न ठाउँहरूमा झुण्डाएर राखिएको झण्डाहरु बिहान करिब ९ बजेको समयमा परिचालित प्रहरी टोलीले निकाल्दै अभियानलाई अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१