सिरहा क्षेत्र न-३ मा प्रदेश-सभा सदस्यका उम्मेदवार सिंह चर्चामा

  • कार्तिक २५, २०७९
  • ६८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश राय- सिरहा,२५ कार्तिक _आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (क) बाट उम्मेदवारि दिएका नेकपा एमालेका प्रभावशाली युबा-नेता मनोज कुमार सिंहको क्षेत्र न-३मा पर्ला भारि देखिएको छ। चुनावअघि नै जनताको मन जितेका मनोज सिंह अब निर्वाचनमा जनताको मत जित्न आँतुर रहेको देखिनछ । चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छन् । विहान देखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त रहन्छन । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । त्यसैगरी,सिरहा क्षेत्र न-३(क) बाट प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठको उम्मेदवारि रहेका छन् ।मनोज कुमार सिंह नेकपा एमालेका जिल्ला सदस्य हुन् । राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै मनोज कुमार सिंह सिरहामा लोकप्रिय छन । राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई छ । उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, र रोजगारी सिर्जना रहेको बताए । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नवराजपुर गाउँपालिकाम ...

ओम प्रकाश यादव, लहान ७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनाम ...

अन्तर विद्यालय स्तरी ...

रहमुल लहान ७ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान" मुल ...

अधिकृत श्रीवास्तव पक ...

रंजित चौरसिया,वीरगंज ६ असार । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१