सखुवान्कारकट्टीमा झण्डा महोत्सव

  • माघ १८, २०७५
  • ७०८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १८ माघ । कृषि उत्पादनमा जोड दिँदै पहिचानलाई आत्मसात् गर्दै सखुवानन्कारकट्टीले झण्डा महोत्सवको तयारीमा जुटेका छन् । कला संस्कृती हाम्रो स्वभिमान , समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान भन्ने मुल नाराका साथ झण्डा महोत्सवमा जुटेको छ । सो महोत्सव माघ २० आइतबारदेखि २९ गते सम्म सखुवानन्कारकट्टी ५ महेश्वारी थाना चौकमा ९ दिने झण्डा माहोत्सव हुदैछ । प्रदेश स्तरीय औधौगिक, कृषि, पर्यटन, सांस्कृतिक , सूचना, प्रबिधि तथा व्यापार मेला एवम् समग्र जिल्लाको पहिचान र स्थानिय उत्पादनलाई सातवटै प्रदेशमा पु¥याउने अपेक्षा गरिएको छ ।

महोत्सव मार्फत स्थानीय उतपादनको प्रवद्र्धन, लोक संस्कृतिकको जर्गेना, हस्तकला व्यवसायको खोजी तथा प्रवद्र्धन, उत्पादक र उपभोतmाबीच सम्बन्ध अभिबृद्धि गर्ने उदेश्य लिइएको छ । गाउँपालिकाको आयोजनामा बिहीबार भएको पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी दिदै गाँउपालिकाका अध्यक्ष तथा सखुवानन्कारकट्टी झण्डा महोत्सव आयोजना मुल समारोह समितिका अध्यक्ष केदारनाथ यादवले महोत्सवमा विशेष गरी कृषि, पर्यटन, स्थानिय उत्पादन, हस्तकला, लोक सांस्कृतिकलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

महोत्सबमा स्थापित कृषि वस्तुको प्रदर्शनी स्टलमा यस क्षेत्रका अगुवा कृषकहरुसंग कृषि क्षेत्रका समस्या र सम्भावनाबारे अन्तरक्रिया तथा कृषि सम्बन्धि परामर्श समेत गरिने छ । ताजा तरकारीको प्रवद्र्धन गरी निर्वाहमुखी खेती प्रणलीबाट व्यवसायीक तरकारी खेतीतर्फ कृषकलाई उन्मूख गराउन सक्ने आयोजकले जनाएका छन् । महोत्सवको अवधिमा नै यस भेगका विभिन्न जातजाति, धर्म, सम्प्रदायहरुको झाँकि प्रदर्शन गरिने छ भने विभिन्न शैक्षिक सामग्री बृहत पुस्तक प्रदर्शन समेत गरिने भएको छ ।

विभिन्न स्थानिय, राष्ट्रिय तथा छिमेकी मूलक भारतका ख्याति प्राप्त कालाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिनुभयो । महोत्सवमा निशुल्क टिकटको व्यवस्था गरिएको छ । स्थानीय रुपमा निमार्ण भएका हस्तकलाका सामग्रीको प्रचार प्रसार गरी तिनको बिक्रि वितरण तथा र पुरस्कारको समेत व्यवस्था मिलाएको छ । महोत्सवको गतिबिधिबारे राष्ट्रिय स्तरका पत्रपत्रिका, स्थानिय एफएम, तथा स्थानिय पत्रपत्रिका, अनलाइन लगायतका मिडियाहरुबाट जानकारी तथा प्रचार प्रसार गराइने छ ।

महोत्सवको उद्घाटन पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले गर्नु हुने पत्रकार सम्मेलनमा बोल्दै यादवले महोत्सबमा जनचेतना मुलक कार्यक्रमहरु , स्वास्थ्य शिविर , बाल मनोरन्जनका कार्यक्रम , स्थानीय प्रतिभा उजागरका कार्यक्रमहरु , शिक्षामुलक कार्यक्रम समेत गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१