Siraha Times
ताजा समाचार

बाटोको अवस्था जीर्ण निकायले जनता ढाँट्दै

  • कार्तिक २१, २०७९
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २१ । मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा ग्रामिण क्षेत्रका अतिरिक्त मूख्य शहरका सडकहरूको अवस्था चिन्ता जनक बनेको देखिन्छ । मधेस प्रदेशको राजधानी सडकहरु प्राय जीर्ण अवस्थामा रहेको पाइन्छ भने जनकपुर धाम ४ काे सडकहरू हिलाम्य, जीर्ण अवस्थामा भइरहँदा स्थानीय बासीहरुको गुनासोहरु बढेपछि सम्बन्धित निकायले टालटुल गर्न नाप जाँच गरे तर हालसम्म बाटो मर्मतकाे काम नभएपछि पुन स्थानीयमा चिन्ता बढेको छ । एक स्थानियले लेख्नुहुन्छ " हामीले बाटोको अवस्था बारेको पोस्ट गरेको भोलि पल्टनै केही इन्चिटेप लिएका कर्मचारी जस्ता देखिने मान्छेहरु आएर यो बाटोलाई नापी जोखि गरी, स्थानीय संग गाली सुनेर त्यहाँ बाट जानुभयो । स्थानीयलाई पनि लाग्यो अब त यति गाली दिएको छु अलि पनि त लाज लाग्छ नी हामिलाई दुःख भोग्नु पर्दैन । हाम्रो समस्या बुझ्नु हुन्छ। तर तर.............................. अहिले सम्म त्यो बाटो त्यस्तै छ,केही पनि परिवर्तन भएको छैन । त्यहाँ गाली खानु थियो नेता,मन्त्री,मेयर, वार्ड अध्यक्ष, ठेकेदार लाई तर त्यहाँ त्यति मेहनतका साथ पढेर लोकसेवामा नाम निकालेको व्यक्ति लाई गाली सुन्नु पर्यो । यस्तै हो हाम्रो सिस्टम,चोरहरूले गाली सुन्नु को सट्टा पढे लेखेका शिक्षित व्यक्तिलाई गाली सुन्नको लागि पठाई दिन्छ । यो दृश्य जनकपुरधाम- ४ धनुषा को हो ।" स्थानीय निकायले आम जनताको भावनालाई विचार नगरी बजेट पचाउने किसिमले उपभोक्ता समितिको निर्माण गर्दा विगत लामो समयदेखि आम स्थानियले एकातिर सास्ती भोग्दै आएका छन् भने अर्कोतिर बाटोमा पोखरी बन्दा आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१