कामको मूल्याकंन गर्दै जनताले फेरि मलाई जिताउने छ : अभिषेक यादव

  • कार्तिक २१, २०७९
  • १४१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

यहि मंसिर ४ गते हुन गईहरको प्रदेश सभा सदस्य निर्वाचन सम्वन्धमा सप्तरीको क्षेत्र नं. ४ को "ख" प्रदेश सभा सदस्यको लागी जनता समाजवादी पार्टी (जसपा) को उम्मेदवार अभिषेक यादवसंग गरिएको कुराकानीको संक्षिप्त अंश..........

* प्रचार प्रसार कुन रुपमा अगाडी बढिरहेको छ ?

अहिले घरदैलो कार्यक्रम गरिरहेका छौं । अहिलेसम्मको अवस्था राम्रो रहेको छ । हाम्रो तयारी राम्रै भइरहेको छ । जुन ढंगले हामी मिहिनेत गरिरहेका छौं, त्यो हिसाबले पक्कै पनि जनताको साथ र सहयोग पाउनेछौं । हाम्रो संगठन पनि बलियो नै छ । जनताले मलाइ नै चाहेको छ ।

* चुनाव प्रचार प्रसारको क्रममा जनताको घरदैलोमा जाँदा के–के प्रतिवद्धता लिएर गईराख्नु भएको छ ?

अहिलेको अवस्थामा यस क्षेत्रमा विभिन्न किसिमको समस्याहरु रहेका छन् । उक्त समस्याको समाधान आफु जितेपछि मात्र हुने भन्दै मतदातासंग मत माँग्दैछु । खास गरी यहाँ शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायतको क्षेत्रमा समस्या रहेकोले त्यसवाट मुक्त हुन फेरि पनि जनतालाई अभिषेक यादवलाई जिताउनु आवश्यक छ । र, जनताले यसपालि पनि जिताउने छ भन्ने विश्वास छ मलाई । तपाईले यो क्षेत्रमा यसअघि पनि जित्नु भएको थियो, के-के काम गर्नु भयो ? वास्तवमा भन्नुपर्दा यस क्षेत्रमा मैले हेर्ने र भन्ने लायक काम गरेको छु । सडकको स्थिति नाजुक थियो, सडक बनाएको छु, बिभिन्न ठाउँमा सामुदायिक भवन बनाएको छु, धार्मिक क्षेत्रलाई संरक्षण गर्न मठमन्दिर बनाएको छु, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि आशलाग्दो काम गरेको छु । यो लगायत अन्य थुप्रै कामहरु गरेको छु ।

* तपाइँलाई चुनाव जित्ने आधारहरू के–के छन् त ?

म यसअघि पनि यहि क्षेत्रबाट जितेको मान्छे हुँ । त्यसबेला मैले यस क्षेत्रमा गरेको कामहरु उदाहरणीय छन् । अहिले पनि जनताकै सेवामा छु । जनताको साथ सहयोग पुर्ण रुपमा पाईरहेको छु । पार्टीको संगठन पनि यहाँ बलियो छ । यहि आधारहरुले म चुनाव जित्छु ।

* यस पटक तपाइँका प्रतिबद्धताहरू के–के छन् त ?

हाम्रा थुप्रै प्रतिबद्धताहरू छन्, जुन हामीले सार्वजनिक गरिसकेका छौं । प्रतिवद्धता पत्रमा सडक, नाला निर्माण, भौतिक पूर्वाधार, फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा विकास गर्नुपर्ने जुन मेरो सपना छ, त्यो अवस्य पुरा हुनेछ् भन्ने म विश्वस्त छु , मैले गरेको प्रतिबद्धता अनुसार अगाडि बढने छु, र, यो मेरो प्राथमिकतामा रहनेछ । र, यसअघि गरेको कामाहरुलाई पुर्णता दिनुछ । खास गरेर कृषिको लागी कृषि सडक, कृषिको लागि खेतखेतमा बिधुतिकरण, समयमा मल, खाद्य उपलब्ध गराउने छु ।

* अब, अन्त्यमा केही भन्नुहुन्छ ?

चुनावको मुखमा धेरै कुराहरू गर्दिन । जनताले सही गलत पहिचान गरेर मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । चुनावमा राम्रो मान्छेलाई जिताउनुपर्छ, म यहि सबै मतदातालाई भन्न चाहन्छु । यहाँको जनताले मेरो चुनाव चिन्ह छाता छापमा मतदान गरि मलाई भारी बहुमतले विजयी गराउनु हुनेछ भन्ने मलाई विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर वन नर्सरीबा ...

ओम प्रकाश यादव लहान, साउन २०। डिभिजन वन कार्यालय लहान अन्तर्गत सिरहाका १७ मध्ये १५ वटा स्थानीय तहमा ...

टोकन मेशिन बिग्रिँदा ...

ओम प्रकाश यादव लहान, साउन १९ । राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा टोकन मेश ...

जसपा नेपाल सिरहाद्वा ...

ओम प्रकाश यादव, लहान साउन १८ । जसपा नेपाल सिरहा द्वारा सिरहा जिल्ला अधिकारीलाई ध्यानाकर्षण  ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१