धनगडीमाइले शुरु गर्यो कृषक पाठशाला

  • कार्तिक १९, २०७९
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल लहान १८ कार्तिक । सिरहाको धनगडीमाई न पा को समन्ब्यमा, केयर नेपालको सहयोगमा कृषि ब्यबसाय पाठशाला सञ्चालन सम्बन्धी किसान स्वयम सेवक क्षमता बिकास तालिम राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा शुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शिवशंकर महतो विशिष्ठ अतिथि उपप्रमुख संगिता कुमारी चौधरी अतिथि रा. कृषक स. म. उपाध्यक्ष अमिर लाल यादव लगायतका सहभागीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । एक घर एक प्राबिधिक बनाई कृषि पेशालाई मर्यादित बनाउन, ज्ञानशिपको अभावमा किसानहरुले मापदण्ड बिपरित प्रयोग गरेको रासायनिक बिषादीको नकारात्मक असरलाई कम गर्न गरिरहेको प्रयास एकदमै सराहनिय भएको वक्ताहरुले बताएका छन् । जमीनबाट मित्रजीबको नाश भई शत्रुजीबको बिगबिगी धेरै बढेको अवस्थामा जल, जंगल, जमीन बिशाक्त भएको कारण वातावरण समेत बिग्रीरहेको अवस्थालाई मध्यनजर गर्दै महासंघले ल्यएको कार्यक्रम प्रती सबैको ध्यान जान जरुरी देखिएकोछ । कृषक पाठशाला कार्यक्रम हरेक स्थानिय निकायले समूह र सहकारी मार्फत मात्रै सन्चालन गर्न सक्यो भने देशमा कृषि क्षेत्रमा कायापलट हुने निश्चित छ अमिरलाल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१