स्वतन्त्र उम्मेदवार बिरेन्द्र यादवको घरदैलो जारी, मतदाताले दिए जितको शुभकामना

  • कार्तिक १८, २०७९
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १८ कार्तिकप र्सा क्षेत्र नम्बर ४ (क) स्वतन्त्र उमेदवार बिरेन्द्र प्रसाद यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता बिरेन्द्र यादव पहिले प्रतिनिधिसभा सदस्यका लागि पनि उम्मेदवार बन्नु भएको थियो । उहाँ दोश्रो नम्बरमा रहनु भयो । मधेसवादी दल छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बिरेन्द्र प्रसाद यादव सत्ता गठबन्धनका कारणले टिकटबाट बञ्चित हुनुभयो । यसअघिको प्राप्त मतको आधारमा पनि उहाँको जित्ने आधार बलियो थियो । तर, पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । जनताको पीरमर्का बुझिरहनुभएको छ । यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि उम्मेदवारी दिएको बताउनुभयो । यसपटक फेरी प्रदेशसभा क मा उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले मंगलबार जिराभवानी गाउँपालिकाको वडा वडामा चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउहुन्छ । लालटिन छाप चुनाव चिन्ह पाएकोले आफू अब पर्सा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का जनताको उज्यालोका लागि लालटीन लिएर अगाडि बढीसकेको बताउनुभयो। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको दिनेश प्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१