स्वतन्त्र उम्मेदवार बिरेन्द्र यादवको घरदैलो जारी, मतदाताले दिए जितको शुभकामना

  • कार्तिक १८, २०७९
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १८ कार्तिकप र्सा क्षेत्र नम्बर ४ (क) स्वतन्त्र उमेदवार बिरेन्द्र प्रसाद यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता बिरेन्द्र यादव पहिले प्रतिनिधिसभा सदस्यका लागि पनि उम्मेदवार बन्नु भएको थियो । उहाँ दोश्रो नम्बरमा रहनु भयो । मधेसवादी दल छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बिरेन्द्र प्रसाद यादव सत्ता गठबन्धनका कारणले टिकटबाट बञ्चित हुनुभयो । यसअघिको प्राप्त मतको आधारमा पनि उहाँको जित्ने आधार बलियो थियो । तर, पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । जनताको पीरमर्का बुझिरहनुभएको छ । यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि उम्मेदवारी दिएको बताउनुभयो । यसपटक फेरी प्रदेशसभा क मा उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले मंगलबार जिराभवानी गाउँपालिकाको वडा वडामा चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउहुन्छ । लालटिन छाप चुनाव चिन्ह पाएकोले आफू अब पर्सा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का जनताको उज्यालोका लागि लालटीन लिएर अगाडि बढीसकेको बताउनुभयो। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको दिनेश प्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१