ताजा समाचार

राष्ट्रबादीको केन्द्रिय सदस्यमा साह मनोनित

  • माघ १७, २०७५
  • १५२८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १७ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीे) ले युवा नेता राम नारायण साह (सुनिल) लाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । यसअघि युवा बिभागका केन्द्रिय उपाध्यक्षका जिम्मेबारी बहन गरिसकेका साहलाई पार्टीको बिधान अनुसार केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टीलाई व्यापक तथा मजबुत बनाउने उदेश्यले साहलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरेको छ । नव नियुक्त केन्द्रिय सदस्यको दायित्व पत्र बुझदै साहले आफुलाई संगठनले दिएको जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्न आफु कुनै किसिमको त्याग र कुर्वानीको लागि तयार रहेको बताए । सिरहाको मिर्चैया स्थित शान्ति युवा कल्वका अध्यक्ष समेत रहेका साह करीब १५ बर्षदेखि निरन्तर रुपमा राजनितिमा सक्रिय रहेका छन् ।
51126488_490960628098975_3657810933452898304_n

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤