Siraha Times
ताजा समाचार

मुख्यमंत्री केसी भेटे मशहूद लाई मदरसाको अवस्थाका बारेमा छलफल

  • कार्तिक १७, २०७९
  • ११७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कार्तिक १७ लुम्बिनी प्रदेशका मुख्यमंत्री कुल प्रसाद केसी आज कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको आयसा गर्ल्स कालेज लगायत अन्य मदरसा हरूको अनुगमन गरेका छन् l मुख्यमंत्री केसी मदरसाको अवस्था, मदरसाको भौतिक अवस्था लगायत अन्य व्यवस्थापनका बारेमा अनुगमन गरेका छन् l अनुगमन क्रममा आएका केसीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली संग समेत उनकै निवासमा भेटघाट गरी मदरसाको अवस्थाको बारेमा जानकारी लिएका थिए l सोही क्रममा मुख्यमंत्री केसी लाई राष्ट्रीय मदरसा संघ उपाध्यक्ष शैख जैस मक्की , नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, जामिया सिराजुल उलुम अल्सलफीयाका सहायक प्रधानाध्यापक शैख अब्दुल रशिद मदनी, हेरा शैक्षिक तथा मानवीय सेवा समाजका सदस्य असरफ अली खान लगायतले मुख्यमंत्री को स्वागत तथा दोसल्ला ओढाई सम्मान प्रकट गरेका थिए l मौलाना मशहूदले मदरसाको अवस्था, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, लगायत मदरसाको अन्य समस्याको बारेमा मुख्यमंत्री केसी को ध्यानाकर्षण गराएका थिए l नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समानुपातिक उमेदवार सबनम खातुन , तोफेल खान लगायत अन्यको समेत उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१