Siraha Times
ताजा समाचार

कपिलवस्तु क्षेत्र नं ३ गठबंधन उमेदरवारहरू घरदैलोमा व्यस्त

  • कार्तिक १७, २०७९
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बनेका छन् । दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहेका छन् । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस का तर्फबाट उमेदवारी दिएका अभिषेक प्रताप शाह कपिलवस्तु क्षेत्र नं ३(१) गठबंधनका नेकपा माओवादी केन्द्रका उमेदवार एहसान अहमद खां, कपिलवस्तु क्षेत्र नं ३(२) का नेपाली कांग्रेस तर्फबाट उमेदवार बिरेंद्र कुमार कनोडिया आफू निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेको बताए । नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका शाह आफूलाई क्षेत्रका जनताले तीन पटक प्रत्यक्षमा सांसद बनाई सकेको तथा क्षेत्रको विकास गर्दै आएको र अगामी दिनमा समेत क्षेत्रलाई कृषि, शिक्षा, स्वास्थ्य, बाटोघाटो, आदिमा समृद्ध बनाउने लक्ष्य रहेको बताउदै घरदैलो गर्दै जनताको समर्थन राम्रै पाईरहेको बताए । आफू मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिई रहेको शाहले बताउनुभयो ।आफुले यहाँको समस्या नजिकबाट देखेकोले जनता समस्या समाधान गर्न सेवक भएर काम गर्ने समेत बताउनु भयो ।

प्रदेश सभा सदस्य उमेदवार कनोडिया आफू , "शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात लगायतको क्षेत्र मेरो प्राथमिकतामा छ ।" आफुले यहाँको समस्या नजिकबाट देखेकोले जनता समस्या समाधान गर्न सेवक भएर काम गर्ने समेत बताउनु भयो । प्रदेश सभा सदस्य उमेदवार खानले घरदैलो कार्यक्रम जारी रहेको बताउदै जनताको सुख दुःखमा सधै साथ दिने गरि विकासको हरेक सम्भावना पहिचान गरि क्षेत्रको विकास गर्ने बताए l घरदैलोमा जनताको भारी समर्थन रहेकोले बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार जित्ने निश्चित पार्टी समर्थन तथा शुभचिंतक हरूको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१