Siraha Times
ताजा समाचार

निर्माणको पर्खाइमा कमला पुल

  • कार्तिक १०, २०७९
  • १०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १० । सिराहा र धनुषा जिल्लाको सिमानामा अवस्थित कमला नदीको पुल भासिएपछि आवत जावतमा कठिनाई उत्पन्न भएको अवस्था रहेको पाईन्छ । पुलबाट वारी पारी गर्नका लागि अत्यन्त कठिन यात्राको सामना गरिरहनु परेको छ । सिराहा सदरमुकामदेखि करिब 2 किलोमीटरको दूरीमा रहेको यस पुलबाट सिराहा धनुषा जिल्लाको बिभिन्न ठाउँहरूमा छिटो पुग्न सकिन्छ । झ्ण्डै १० वर्षमा निर्माण भएर सञ्चालन नहुँदै भासिएको सिराहा धनुषा जोडिने हुलाकी सडक खण्डको कमला पुलबाट तराई मधेशको लाइफ लाइन भनेर मुद्दा भजाउँदै आम जनताले भोट दिएर सत्ता र शक्तिमा गएकाहरू फेरि यही पुलकाे नारा देखाएर अनेकन बहाना बनाउन थालेका छन् । विजय भएर संसदमा गएर एक शब्द पनि नबोल्ने , लापरबाही गर्ने ठेकेदार ,प्राविधिक कर्मचारी लाई कारबाही गर्ने हैसियत नभएका नेता भनाउँदाहरुको अदुरदर्शिताका कारणले गर्दा कमला नदीको पुल ओझेलमा परेको छ । पुल भासिएपछि बासको भर्याङको प्रयोगले आम मानिसहरू कठिन यात्रा गरिरहेका छन् भने उक्त पुल प्रति सरकार निरिह दर्शक बन्दा स्थानीयमा चिन्ता बढेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१