निर्माणको पर्खाइमा कमला पुल

  • कार्तिक १०, २०७९
  • ८४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १० । सिराहा र धनुषा जिल्लाको सिमानामा अवस्थित कमला नदीको पुल भासिएपछि आवत जावतमा कठिनाई उत्पन्न भएको अवस्था रहेको पाईन्छ । पुलबाट वारी पारी गर्नका लागि अत्यन्त कठिन यात्राको सामना गरिरहनु परेको छ । सिराहा सदरमुकामदेखि करिब 2 किलोमीटरको दूरीमा रहेको यस पुलबाट सिराहा धनुषा जिल्लाको बिभिन्न ठाउँहरूमा छिटो पुग्न सकिन्छ । झ्ण्डै १० वर्षमा निर्माण भएर सञ्चालन नहुँदै भासिएको सिराहा धनुषा जोडिने हुलाकी सडक खण्डको कमला पुलबाट तराई मधेशको लाइफ लाइन भनेर मुद्दा भजाउँदै आम जनताले भोट दिएर सत्ता र शक्तिमा गएकाहरू फेरि यही पुलकाे नारा देखाएर अनेकन बहाना बनाउन थालेका छन् । विजय भएर संसदमा गएर एक शब्द पनि नबोल्ने , लापरबाही गर्ने ठेकेदार ,प्राविधिक कर्मचारी लाई कारबाही गर्ने हैसियत नभएका नेता भनाउँदाहरुको अदुरदर्शिताका कारणले गर्दा कमला नदीको पुल ओझेलमा परेको छ । पुल भासिएपछि बासको भर्याङको प्रयोगले आम मानिसहरू कठिन यात्रा गरिरहेका छन् भने उक्त पुल प्रति सरकार निरिह दर्शक बन्दा स्थानीयमा चिन्ता बढेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१