Siraha Times
ताजा समाचार

अन्धकारमा लुकेका सिरहाका वस्ती

  • कार्तिक १०, २०७९
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक १० । अपत्यारिलो लाग्नसक्छ तर वास्तविकता आफैं ठिङ उभिएर विकासको पर्खाइमा आँशु बगाईरहेको छ । सिरहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ हाल धनगढीमाई १४ मा (सिराहा निर्वाचन क्षेत्र नं २) रहेको बस्तीहरू मोतीश्री , पललार, मडयान, महाजनी, दल्मे, खुट्टी, मैनी चट्टान , अमले, गागन , मागन लगायतका वस्तीहरुमा एकाइसौं सताब्दीमा पनि आम जनताका घर आँगनमा बाटो घाटो, बिजुली बत्ती,खानेपानी लगायतका अति आवस्यक आम मानिसको दैनिकीसँग जोडिएको सामान्य सेवा सुविधाबाट समेत स्थानिय वञ्चित भएको अवस्था रहेको पाईन्छ । तत्कालीन कम्निस्टहरुको लाल किल्लाको नामबाट परिचित यस ठाउँबाट कम्निस्टको चौथो महाधिवेशन सम्पन्न गरेर तत्कालीन अवस्थामा मदन भण्डारीलाई पार्टीको महासचिव बनाइयो । चौथो महाधिवेशन संपन्न भएको यस ठाउँमा अनेकन भाषण दिने र स्थानीयलाई आश्वासन दिएर पटक पटक ठूला दलका नेताहरु आएर विकासका कुरा उठाए तर स्थानियले विकासको प्रत्याभूति गर्न हालसम्म पाएका छैनन् ।

यहाँका जनताले हालसम्म पनि सरकारको वास्तविक अनुभूति गर्न पाएका छैनन् । वर्षाको समयमा बिरामीहरुका लागि पौराणिक साधन अर्थात् झुलुङ्गे नै अन्तिम विकल्प रहेको पाईन्छ । बिरामीलाई उपचार गर्नका लागि पूर्व पछिम राजमार्ग सम्म पुगाउन सहज छैन् भने अर्कोतिर अमले लगायतका ठाउँका मानिसहरूले खोला र कुवाको पानी खान विवस रहेको पाईन्छ । आधुनिक समयमा यस ठाउँबाट सञ्चार संपर्ग गर्न असम्भव रहेको पाईन्छ । मोबाइल नेटवर्कको अभावमा नेपाल सरकारको कूनै पनि नेटवर्कमा संपर्क गर्न सकिने अवस्था छैन । अभाव अनि पीडामा जीवन जिउन विवस यस ठाउँका आम मानिसका दैनिकीमा सुधारको आवश्यकता रहेको यस ठाउँ गएर राष्ट्रवादी सबैले छातीमा हात राखेर ईतिहास नियाल्नुपर्ने अवस्था रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१