Siraha Times
ताजा समाचार

कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

  • कार्तिक १०, २०७९
  • १०९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १० । सिरहाको सुखीपुरमा नेपाली कांग्रेस पार्टीका कार्यकर्ता भेला सम्पन्न भएको छ । " मुस्लिम समुदायको आव्हान बाम लोकतान्त्रिक गठबन्धनमा आधारित मतदान " भन्ने मूल नाराका साथ नेपाल मुस्लिम संघ सिराहाद्वारा सुखिपुर नगरपालिकाको लक्ष्मण सेवा सदनको सभा हलमा आयोजित कार्यक्रममा सिराहा निर्वाचन क्षेत्र नं 2 प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका चित्रलेखा यादव, नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, मुस्लिम संघका प्रतिनिधिहरू लगायत निर्वाचन क्षेत्र नं 2 का आम जनताहरूको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख अतिथि चित्रलेखा यादव, बिशिष्ट अथिति रामचन्द्र यादव अथितीहरु अमिय कुमार यादब, रामकुमार बाबा, मुक्तार अहमद, मदन सेन श्रीवास्तव , मो सुवान लगायत नेपाली कांग्रेस पार्टीका जिल्ला नेतृत्व, क्षत्रिय प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन चित्रलेखा यादवले पानसमा दियो अर्थात् मैनबत्ती बालेर गरेका थिए । उद्दघाटन पछि कार्यक्रममा राष्ट्रिय गान गाइएको थियाे भनें लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण गरिएको समेत थियो ।

कार्यक्रमलाई औपचारिकता दिँदै मुस्लिम संघ सिरहाका सचिव सुवानले उर्दू भाषामा अथितिगणहरुलाई स्वागत भाषण गरी स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कांग्रेसका प्रभशाली नेता मुक्तारले भन्नु भयो " मुस्लिमलाई यदि मधेशी समुदायसँग जोड्ने हो भने गोरखाको मुस्लिमलाई कुन समुदायसँग जोड्ने ? त्यसैले हामीलाई मधेशी समुदायसँग जोडेर हेर्नु हुँदैन " भन्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा वक्ताहरुले छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आसन्न निर्वाचनमा कांग्रेस नेतृ चित्र लेखा यादवलाई विजयको आधार तयार गर्नका लागि एक जुट भएर अघि बढ्ने धारणा राखेका थिए । कार्यक्रमको सुरुवातमै चित्रलेखा यादव करिब सात मिनेटको समयसम्म बोल्दै " आफू यस क्षेत्रको छोरी, बुहारी भएको नाताले तपाईंहरूसँग अमूल्य मत माग्न तपाईहरुको घर दैलोमा आएको " धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेता रामचन्द्र यादवले " केन्द्रमा शेरबहादुर देउपा, प्रदेशमा कृष्ण देव यादब र जिल्ला रामचन्द्र यादवले नेतृत्व समाल्दै आएको अवस्थामा निर्धक्क भएर चुनाबी प्रचाप्रसारलाई अगाडी बढाउन जिल्लाका नेता कार्यकर्ताहरुलाई " आग्रह गर्नु भएको थियो । बाक्लो नेता कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रम दिँउसो करिब १ बजेको समयमा संचालन भएर करिब ५ बजे समापन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१