ताजा समाचार

यो सरकार भारतको गोटी चालमा, नगरपालिकाबाट एनजिओ खेद्ने

  • माघ १४, २०७५
  • ५६६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १४ माघ । यो सरकार आफुलाई कम्युनिष्ट भन्छन् तर चरित्र पुँजीवादी ढर्राको रहेको भन्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, रोजगारीको लागि आवश्यक उद्योग तथा स्वास्थ्य शिक्षा प्रतिष्ठान स्थापना गर्न नसकिएको बताउँनुभयो । 

 

नेमकिपाको स्थापना दिवसको क्रममा आज लहानमा पत्रकार सम्मेलन गर्दै मेयर प्रजापतिले केपी ओलीको सरकारले कम्युनिष्टको नाममा जनतासँग ठग्न र धोका दिन पाईदैन भन्दै भारतको गोटी चालमा फसिसकेको बताउँनुभयो । 

यो सरकार भारतीयपक्षीय काम गरिरहेको छ । सरकार चलाउँन दिल्लीमा निर्णय गर्न जाने गरेको छ । लाखौलाख भारतीयलाई नागरिकता बाँडेको छ । सिमा मिच्न उल्टो प्रोत्साहन गरिरहेको यो सरकार माक्र्सवाद र लेलिनवादको सिद्धान्तलाई बग्याएर जनतालाई धोका दिइरहेको मेयर प्रजापतिले बताउँनुभयो । 

 

अहिलेको सरकार पाखण्डी व्यवहार देखाइरहेको छ । प्रदेशको अधिकारलाई निमोठ्ने काम गरिरहेको छ । समाजवाद उन्मुख संविधान बन्नुपर्छ । यसैले संविधान संशोधनको आवश्यकता रहेको उहाँले बताउँनुभयो । 

कृषि क्रान्तिको लागि जसको जोत उसैको पोत हुनुपर्छ । अनी मात्रै कृषि क्रान्ति यो देशमा सम्भव हुने भन्दै प्रजापतिले जातीय क्षेत्रीयले यो देशको समस्या समाधान हुँदैन । यसको लागि वर्गिय लडाई नै लड्नुपर्ने जरुरी रहेको बताउँनुभयो । कृषि प्रधान देश नेपाल हो । तर, मलखाद्यको उद्योग छैन । सिँचाईको अभाव छ । उन्नत विउविजनको अभाव रहेको छ । यसको लागि पनि भारतमै निर्भर रहेकोले यो सरकार निरिह रहेको ठहर उहाँ मेयरले गर्नुभयो । 

 

भारतले हाम्रो स्वभिमानमाथी कब्जा गर्न चाहेको भन्दै भुटान जस्तै नेपाललाई गोटी चालमा राख्न चाहेको छ । र, सिकिमिकरणको आधार तयार गरिरहेको भारतलाई यो केपी ओलीको सरकारले मौन समर्थन गरिरहेको उहाँ प्रजापतिको आरोप छ । मेयर प्रजापतिले भक्तपुरबाट एनजिओ आईएनजिओलाई नियन्त्रण गर्दै आएको छ । पाँच ६ महिनापछि सबैलाई यहाँबाट खेद्ने उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤