Siraha Times
ताजा समाचार

धोबिनी गाउँपालिका-३ गुलरियामा उपाध्यक्ष टि-२० क्रिकेट खेलको उद्घाटन

  • कार्तिक ८, २०७९
  • १५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ८ कार्तिक हिन्दु हरु को महान पर्व को रुपमा रहेको दिपावली र छठ पर्वको अवसर मा अाज देखि पर्साको धोबिनी गाउँपालिका वडा नं ३ गुलरिया खेलमैदानमा जारी पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ। उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिता को उदघाटन प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेस का नेता बशिष्टनारायणप्रसाद कुर्मी र गाउँपालिका उपाध्यक्ष मन्जु देबीले फिता काटेर उदघाटन गर्नु भएको थियो। सामुहिक युवा टिम गुलरियाद्वारा आयोजना गरिएको उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि कुर्मी ले भने खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको प्रमुख अतिथि कुर्मी ले बताए । प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष मन्जु देवीको अध्यक्षतामा भएको थियो।

उदघाटन कार्यक्रममा

नेपाली काँग्रेस का महाधिवेशन प्रतिनिधि श्यामकिशोर प्र पटेल,वडा नं.३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, वाईसीएल केन्द्रिय सदस्य सन्तोष पटेल,क्षेत्रीय सचीव बलिष्टर अहमद , स्वास्थ्य संयोजक सन्जय यादव , योजना प्रमुख पप्पु पटेल, ईन्जिनियर रबिभुसन पटेल,दिनेश प्रसाद कलवार,हरिशंकर पटेल,अमन पटेल, धर्मेन्द्र पटेल ,इमरान आलम,गाया यादव ,मनोज मियाँ ,बासदेव तिवारी,रामषिश कुर्मी ,इसरायल देवान,प्रदीप पटेल ,रामबाल राउत ,नागिमा देवी ,इबराहिम मियाँ ,रिना देवी ,पवन पटेल लगायत ,जनप्रतिनिधि र स्थानिय नेता ,कर्मचारी हरुको सहभागिता रहेको थियो । आज धोबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका बीच भएको खेल मा धोबिनी गाउँपालिका क्रिकेट टिमले पहिलो टस जितेर गरेको ब्याटिङमा १९ ओभर खेलि १० बिकेट गुमाउदै १०७ रन बनाएको थियो भने । जगरनाथपुर गाउँपालिका क्रिकेट टिमले २० ओभरमा १० बिकेट गुमाउदै १०५ रन बनाए र पराजित भएको थियो । आजको खेलमा धोबिनी ले २ रन बाट जित हासिल गरेक छन । खेलको म्यानअफ दि म्याच धोबिनीका खेलाडी राकेश पटेलले ३० रन बनाउदै ३ बिकेट लिएको थियो।

प्रतिक्रिया दिनुहोस

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

संविधान दिवस मनाउन स ...

रहमुल, लहान, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाउन सिरहामा जिल्ला ...

खडकमा सर्पदंश उपचार ...

ओम प्रकाश यादव असोज १ । सर्प तथा बिच्छीको टोकाइबाट प्रभावित हजारौँ बिरामीले उपचार सेवा पाउँदै आएको ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१