ताजा समाचार

सिरहामा अब बाली तथा पशु वीमा साक्षारता अभियान

  • माघ १३, २०७५
  • १७७२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

रामसेवक महराम लहान,१३ माघ । कृषि विकास बैँक लि.शाखा कार्यलय सुखिपुरको प्रबन्धक राजेन्द्र प्रसाद महतोको अध्यक्षतामा र राष्ट्रिय कृषक समूह महासंघ नेपाल नगर कार्य धनगडीमाई न.पा.को नेतृत्वमा जनता मा.वि.तिनकोनीमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० जना महिला र ४१ जना पुरुष गरी जम्मा ७१ जना सहभागी भएको थियो । कार्यक्रमका प्रशिक्षक कुलान्नद झाले कृषि विकास बैँकले बाली तथा पशु वीमाको कार्यक्रम शुरु गरेर कृषकहरुलाई लाभ दिलाउँन सकिने बताए । बाली तथा पशु विमा भनेको के हो ? बीमाबाट हुने फाईदा बेफाईदा बारेमा, प्रभाकारी रुपमा प्रशिक्षण गरेका छन । यो बैँक घरदैलोमा काम गर्ने बैँक हो । यसको लक्ष्ति वर्ग गरिब किसान,संगठित समूह रहेका छन । यसले उत्पादनमुखि प्रयोग कर्जा लगानी गर्छ । यसले तरकारी बाली समूह,वीज वृद्धि र पशुपालनको लागि समूहगत कृषि तथा पशु विमा कार्यक्रम नीति ल्याएको छ । कृषि विकास बैँकले समूहगत तथा किसानले उत्पादन गरेको बाली वीमा सुरक्षण उप समिति मार्फत वीमा कार्यक्रमको शुरुवात गरेको हो । यसले अनुदानमुलक कर्जा पनि लगानी गर्छ । कार्यक्रममा बैँकका क्षेत्रिय निर्देशक चेतनाराण सापकोटाले अन्यको तुलनामा कृषि विकास बैँकले साना कमजोर आर्थिक अवस्थामा भएका महिलाहरुलाई प्राथमिकता दिएर साना तथा मझौलास्तरको कर्जा लगानी बताए । कसैको सिफारिस,भनसुनको भरमा कर्जा लगानी गर्दैर्नौ,उनले भने कर्जा लिन व्यक्तिसंगको कुराकानी,कागजातको आधारमा सहज ढँगले कर्जा लगानी गर्छौ । सभाध्यक्ष राजेन्द्र प्रसाद महतो हामी कर्जा लिने व्यक्तिसंग कुराकानी गरेर कर्जा सरल रुपमा लागानी गरेका छौँ । हाम्रो बैँकले ईन्टरनेट बैँक सेवा,डिमेट खाता,एटिम लगाएत अरु पनि सबै सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤