ताजा समाचार

सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

  • माघ १३, २०७५
  • १०६० पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १३ माघ । बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । ट्रयाक्टरको पछाडी बती नहुँदा खास गरी रातीको समयमा दुर्घटना हुने सम्भावना बढी रहेकाले ट्रलीको पछाडी टल्किने खालको रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएको उनले बताए । स्टिकर टाँस्ने अभियान संचालनका लागि मातहतका युनिटमा सर्कुलर गरिएको प्रमुख बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गको साथै ग्रामिण क्षेत्रमा रहेका ट्रयाक्टरहरुमा स्टिकर टाँस्ने काम भईरहेको उनले दाबी गरे । अभियानले सबारी दुर्घटनामा कमी आउने प्रमुख बस्नेतले विश्वास ब्यक्त गरेका छन् । मौसममा आएको परिबर्तनसंगै विहान–बेलुका कुहिरो लाग्ने गरेकाले चालकहरुलाई सजग भएर सबारी चलाउन उनले आग्रह पनि गरेका छन् ।

हाईस र ट्रिपरको गति नियन्त्रण

तिव्र गतिका कारण भईरहेको दुर्घटना कम गर्न हाईस र ट्रिपरको गति नियन्त्रण गर्ने तयारी भईरहेको प्रमुख बस्नेतको भनाई रहेको छ । खास गरी हाईस र ट्रिपर चालकले तिब्र गतिमा लेन मिचेर सबारी चलाउँदा दुर्घटनाको जोखिम बढेको अबस्थालाई मध्य नजर गर्दै यसलाई नियन्त्रण गर्ने गृहकार्य भईरहेको समेत उनले दाबी गरे । छिट्टै पुगिने प्रतिस्पर्धाले सबारी चालकहरुले नियमको पालना नगरी ओभरटेक गरेर सबारी चलाउँदा दुर्घटनाको सम्भावना बढी रहेकाले यसलाई न्युनिकरण गर्न कदम अगाडी बढाईएको प्रमुख बस्नेतले बताए ।

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारीसाधन चेकजाँचमा कडाई गरेका छन् । दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले मातहतका युनिटहरुमा सर्कुलर जारी गर्दै सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको प्रमख बस्नेतले स्पष्ट गरे । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤