पोखरियामा योजित पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रवेश

  • कार्तिक ५, २०७९
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज –पर्साको पोखरियामा नगरपालिकामा जसपाकप पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नम्बर ७ सतवरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका वडा कमिटि अध्यक्ष तपसी राम र नेकपा एमाले दलित समाजका अगुवा तपसी राम लगायत सयौंको संख्यामा बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको छ । जसपामा प्रवेश गर्नुभएको सबैजना नव प्रबेशिलाई जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियाले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । जसपाले दलित , मधेशी , मुस्लिम लगायत उत्पीडनमा परेका समुदायको मुद्दालाई लिएर हिड्ने भएकाले आफुहरु जसपामा प्रवेश गर्नेको नव प्रबेशिहरुले प्रतिक्रिया दिएका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो तर्फबाट जसपालाई सक्दो सहयोग गर्न नव प्रवेशी संग जसपाको केन्द्रीय सदस्य एवम निबर्तमान प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१