मिर्चैया : शुभकार्य कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

  • माघ ११, २०७५
  • ९८८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १० माघ । शुभकार्य कृषि सहकारी संस्था मिर्चैयाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ स्थित रहेको संस्थाको दोस्रो साधारण सभा विहीबार सम्पन्न भएको छ । साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संस्था सिरहाका सचिब लोकनाथ यादबले आर्थिक बर्ष ०७४÷०७५ सालको आय–व्याय प्रस्तुत गरेका थिए । संस्थाले २ बर्षको अबधिमा १ करोड भन्दा बढी ऋण लगानी गरिसकेका छन् । हाल संस्थामा ५ सयभन्दा बढी सेयर सदस्य आबद्ध गरेका छन् । साधारण सभाको माध्यमले संस्थामा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 
50988206_2032772843509010_3621590933079851008_o
संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, आईएमईका सगरमाथा ईन्चार्ज अरुण महतो, त्यसैगरी अतिथिहरुमा नगरपालिकाका प्रशासन शाखाका प्रमुख धनन्जय महतो, लक्ष्मीश्री कृषि सहकारी संस्थाका व्यवस्थापक सुरेश चौधरी, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल लगायत सेयर सदस्य, सहकारीकर्मी,  स्थानीयबासी बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो । 
50627145_2032772826842345_2016773920438353920_o
50685949_2032772653509029_8556616988791668736_o

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१