भ्रष्टाचारलाई सखाप पार्न स्वतन्त्र उम्मेदवार यादव,चुनावी मैदानमा घरदैलो अभियान निरन्तर

  • कार्तिक ४, २०७९
  • ५५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ४ कार्तिक पर्सा क्षेत्र नम्बर ४ (क) स्वतन्त्र उमेदवार बिरेन्द्र प्रसाद यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता बिरेन्द्र यादव पहिले प्रतिनिधिसभा सदस्यका लागि पनि उम्मेदवार बन्नु भएको थियो । उहाँ दोश्रो नम्बरमा रहनु भयो । मधेसवादी दल छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बिरेन्द्र प्रसाद यादव सत्ता गठबन्धनका कारणले टिकटबाट बञ्चित हुनुभयो । यसअघिको प्राप्त मतको आधारमा पनि उहाँको जित्ने आधार बलियो थियो । तर, पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । जनताको पीरमर्का बुझिरहनुभएको छ ।

यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि उम्मेदवारी दिएको बताउनुभयो । यसपटक फेरी प्रदेशसभा क मा उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले बिहिवार जगरनाथपुर गाउँपालिकाको दसौतामा रात्रीकालिन चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउहुन्छ । लालटिन छाप चुनाव चिन्ह पाएकोले आफू अब पर्सा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का जनताको उज्यालोका लागि लालटीन लिएर अगाडि बढीसकेको बताउनुभयो। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको दिनेश प्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१