राजबिराजबाट जनकपुरका लागि छुटेको बस सिरहामा दुर्घटनाग्रस्त : दुई दर्जनभन्दा बढी घाइते

  • माघ ११, २०७५
  • १२५५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

 राम नारायण पंडित, सिरहा, ११ माघ । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।  राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स बस आज बिहान कर्जन्हा नगरपालिका ४ स्थित भुलकियामा दुर्घटना हुँदा बसमा सबार ३१ जना यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । घाइते मध्ये अबस्था गम्भिर रहेका धनुषा नगराइन नगरपालिका वस्ने ४५ वर्षिय रामप्रताप राउतलाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने बिरगंजका दिपराज यादबको अवस्था चिन्ताजनक रहेकोले बाहिर पठाउने तयारी भईरहेको अस्पताल स्रोतले जनाएको छ ।
roll%2B%25288%2529
दुर्घटनामा सिरहा ९ गुलरियाका ३५ बर्षीय दिपेन्द्र यादब, जनकपुरका ९ का २० बर्षीय पुष्षा यादब, भारत मोतिहारीका राजाबाबु पटेल, धनुषा नगराइन नगरपालिका ५ का २५ बर्षीय अनिता राउत, सबैला नगरपालिकाकी ३५ वर्षिय निर्मला देवी राउत, कर्जन्हा नगरपालिका ११ की २० बर्षीय कविता महतो, मिर्चैया नगरपालिकाको २८ बर्षीय राकेश कुमार यादव लगायत दुई दर्जनभन्दा बढी घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका प्रहरी नायब निरिक्षक अजुर्न पौडेलले बताए । घाइते मध्ये २८ जनाको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, एक जनाको मंगलम हस्पिटल मिर्चैया र चालकको कमलामाई हस्पिटल बन्दिपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको उनले बताए । 
roll%2B%25282%2529
द्रुतगतिमा रहेका बसको स्ट्रीङ्ग फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसंधानमा देखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बस पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घाइते मध्ये अधिकांश धनुषाको रहका छन् ।
roll%2B%25284%2529

यता, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले पैसाको अभावले कसैको उपचार नरोकिने बताए । पैसाको अभाव भएका बिरामीलाई नगरपालिका सहयोग गर्ने प्रमुख पासमानले बताए ।

 
roll%2B%25283%2529

प्रतिक्रिया दिनुहोस

अनैतिक सम्बन्धका कार ...

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्य ...

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१