Siraha Times
ताजा समाचार

धनुषामा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु

  • असोज २०, २०७९
  • १३३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान , असोज २० गते । करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन्। आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए। घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन्। मृतक रामेश्वर चौधरी र नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले २४ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालनमा ल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१