धनुषामा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु

  • असोज २०, २०७९
  • ११३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान , असोज २० गते । करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२३ विन्धीमा करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरी रहेका छन्। आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमती निर्मला देवीलाई करेन्ट लाग्दा बचाउन गएको क्रममा दिनेश, रामेश्वरलाई करेन्ट लागेको थियो। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए। घटनामा परी ४० वर्षीय दिनेश चौधरी र निर्मला चौधरी गम्भीर घाइते भएका छन्। मृतक रामेश्वर चौधरी र नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाका नगर कमिटी सदस्य थिए।

प्रतिक्रिया दिनुहोस

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१