ताजा समाचार

जादुको जादु फिल्म नगरीमा

  • माघ ४, २०७५
  • ११०६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान । नाम जादु काम पनि जादु । उनी हुन पूर्वका जादुगर अवधनारायण राजवंशी । सुनमा सुगन्ध थपिने मात्रै नभई कुरुपलाई पनि रुप दिएर प्रदर्शनमा ल्याउँने काम गर्छन् उनी राजवंशी । यसैले पनि उनलाई जादु भनेर फिल्मी कलाकारहरुले भन्ने गरेका छन् । फिल्मी पेशामा लागेका जादु आफ्नो उमेरको आधा जीवन कलाक्षेत्रमै सँघर्ष गर्दै आएका छन् । उनको उमेर ३८ पुरा भएपनि कलामोहकै कारण विवाहबन्धनमा बाधिएका छैन । कलाकारिताबाट फिल्म क्षेत्रमा लागेका राजवँशी यत्तिबेला सिँगार, सह निर्देशक, खलपात्र, प्राविधिकको समेत काममा सक्रिय भएर लागेका छन् । 
मोरँगको विराटनगर ४ कँचनवारी बस्ने अबधनारायण राजवंशी यत्तिबेला विग फिल्म ‘मिशन मधेश’मा अभिनय तथा सिँगारमा व्यस्त रहनुभएका छन् । यो सँगै राजवंशीले थारु भाषाको घर के चिरखा, हमर दिल चोरल्के अचरावाली, माँ, कर्तव्य, आजु छी हर जोते, जिबु मोरबु तोरेसगै र दु दिल एक जान जस्ता फिल्ममा काम गरिसकेका छन् । उता, नेपाली चलचित्रमा उनी के कम आधा दर्जन जति फिल्ममा आफ्नो कला देखाएर दर्शकको मन जितिसकेका छन् । उनका नेपाली चलचित्र तलास, मँगोलिय हर्ट, माछो माछो भ्यागुतो (टेली श्रृखँला), स्टुडेन्ट (टेली श्रृखँला), हरियो वन नेपालको धन (सटमुभी) लगायत दर्जनौ नेपाली, मैथली, हिन्दी, थारु भाषाको म्युजिक भिडियोमा काम गरिसकेका छन् । 
हिन्दीको रेल्वे ट्रायक र मै वैराग जस्ता फिल्म गरिसकेका जादुले मैथिली भाषाको सिन्दुर साजनके, इज्जत र मिशन मधेशमा सफल भूमिकामा काम गरेका छन् । राजवंशी आफ्नो जीवनको उतारचढावसँगै भन्छन् —‘यो लाईन रमाइलो भएपनि आर्थिक मामलामा कष्टकर हुने गरेको छ ।’‘यहाँ निर्माण भएको फिल्महरुको बजारिकरण राम्ररी नभएको कारण लागत उठाउँन समस्या भइरहेको छ ।’ ‘ तर, अहिले लगानी सुरक्षित भइरहेको अवस्था छ । ’ ‘यहाँका प्रोडुसरहरुले यत्तिबेला बजारिकरणमा लागेकोले अब बन्ने फिल्महरुको भविष्य राम्रो बन्दै गएको छ ।’ जादु २०५८ सालदेखि थारु भाषाको चलचित्रबाट कलाकारिताक्षेत्रमा प्रवेश गर्नुभएका छन् ।

Image may contain: 2 people, people sitting, selfie, sunglasses and closeup

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤