ताजा समाचार

लहानमा सामुदाय प्रहरी गठनपछि उजुरीको चाप बढ्दो

  • माघ ४, २०७५
  • ११५९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान ४ माघ । सामुदाय प्रहरी साझेदारी पालिका कमिटी गठन भएपछि लहानमा विभिन्न वडाबाट उजुरीको चाप बढेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारा दिएर सामुदायिक सुरक्षाको सवालमा कार्य योजना निर्माण कार्यशालामा आज लहानको २४ वटा वडाबाट प्रहरीमा परेको उजुरीवारे सार्वजनिक गरेको छ ।आव २०७५।०७६ मा विभिन्न वडाहरुबाट ईलाका प्रहरी कार्यालय लहानमा परेको उजुरी अनुसार वडा नं. १ मा सार्वजनिक अपराध १ र विवाह सम्बन्धी कसुर १ रहेको छ । वडा नं. ३ मा विवाह सम्बन्धि १ र चोरी २ रहेको छ । वडा ४ मा झुण्डिएर आत्महत्या ज्यान १ र कर्तव्य ज्यान १ मुद्दाको उजुरी परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।

त्यसैगरी वडा ६ मा भवितव्य ज्यान १ रहेको छ । वडा ७ मा चोरी १ जनाले उजुरी दिएको छ । वडा ८ मा झुण्डिएर आत्महत्या ज्यान १ , सवारी ज्यान १ र बैंकिगँ कसुर १ सम्बन्धि प्रहरीमा उजुरी परेको छ । वडा ९ मा चोरी सम्बन्धी १ उजुरी रहेको छ । वडा ११ मा सवारी ज्यान १ रहेको छ भने वडा १२ सवारी ज्यान १ वटा उजुरी परेको छ ।यस्तै लहान वडा नं. १३ मा ज्यान मार्ने उद्योग २ र झुण्डिएर आत्महत्या ज्यान ४ वटा रहेको छ । वडा १४ मा झुण्डिएर १ रहेको छ भने अभद्र व्यवहार गरेको १ वटा उजुरी परेको छ । वडा १५ मा ज्यान मार्ने उद्योग १, कुटपिट अँगभग १ , झुण्डिएर आत्महत्या ज्यान १ र कर्तव्य ज्यान १ रहेको छ । वडा १८ मा जजकउ १ र ज्यान मार्ने उद्योग १ रहेको छ । वडा १९ जजकउ १ र चोरी १ रहेको छ । वडा २० मा चोरीको २ वटा उजुरी परेको छ ।

त्यस्तै वडा २२ मा जर्बजस्ती करणी २ र विष सेवन आत्महत्या ज्यान १ वटा प्रहरीमा उजुरी परेको छ । वडा २३ मा विष सेवन आत्महत्या ज्यान १ रहेको छ भने सबै भन्दा बढी उजुरी परेको वडा नम्बर २४ मा जर्बजस्ती करणी उद्योग १ , कुटपिट अंगभग १ , जजक २ ,भवितव्य ज्यान २ र सवारी दुर्घटना १ सम्बन्धी सामुदाय प्रहरी साझेदारी पालिका कमिटी लहानमार्फत उक्त उजुरी ईलाका प्रहरी कार्यालय लहानमा परेको छ ।यसैबीच महिला तथा बालबालिका सम्बन्धी उजुरीमा लहान नगरपालिकामा घरेलु हिँसाको घटना अधिकतम रहेको छ । जसमा वडा नं. ४ मा ६ महिनाभित्र १२ बटा महिला तथा बालबालिका सम्बन्धी घटनाको उजुरी परेको छ । वडा ८ र १६ मा एउटा पनि उजुरी नपरेको आजको कार्यक्रममा सार्वजनिक भएको छ । समग्र रुपमा लहान नगरपालिकामा ६ महिनाभित्र महिला हिँसा २२ ,घरेलु हिँसा ५०, मानिस खोजतलास २५ गरी ९७ वटा महिला तथा बालबालिका सम्बन्धी घटनाको प्रहरीमा उजुरी परेको छ ।

यसैगरी ठाडो निवेदन उजुरी सम्बन्धी आवश्यक कारवाही ६३, झैझगडा ५१ , शान्ति सुरक्षा ३० र चोरी १ गरी १ सय ४५ वटा उजुरी परेको जनाएको छ । आज भएको सामुदायिक सुरक्षाको सवालमा कार्य योजना निर्माण कार्याशालाको सभाध्यक्षता लहान नगरपालिकाका मेयर मुनी साहले गर्नु भएका थिए भने लहानका २४ वडाध्यक्ष तथा सदस्यहरुको उपस्थियति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤