ताजा समाचार

मन्दिर निर्माणमा विवाद हुँदा लहान २० मा तालाबन्दी

  • माघ ४, २०७५
  • १०८६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान ४ माघ । लहान २० ब्रम्हान गोर्छाडीमा मन्दिर निर्माण सम्बन्धि विवादले स्थानीयहरुले आज वडा कार्यालयमा तालाबन्दी गरेको छ । लहान २० का वडास्तरीय निर्णय बमोजिम वडाध्यक्ष गणेश चौधरीका विशेष उपस्थितिमा सोमन साहुवाला सार्वजनिक पोखरीको पूर्व उत्तर डिलमा रवी दासले हनुमान मन्दिर बनाउँन लाग्दा भत्काइएको थियो । यसमा वडास्तरीय सँघर्ष समितिको समेत सहमती भएको थियो । तर, माघ १ गते मन्दिर भत्काइएको ठाउँमा वडाध्यक्ष चौधरीले आफुखुशी पूनः मन्दिर निर्माणको लागि शिलान्यास गराएकोले सँघर्ष समितिले सोको आपत्ती जनाएको छ ।

सँघर्ष समितिका रामदेव महतोले भने ‘मन्दिर निर्माण गर्नुपर्छ ,तर बाटो भन्दा अन्य ठाउँमा सार्नुपर्छ । र, रवी दास जस्तो महराजीले ऐलानी छापेर मन्दिर नै बेच्नेलाई मन्दिरको पुजारी बनाउँनु हुँदैन । यस भन्दा अगाडि रवी दासले मन्दिरको नाममा कब्जा गरेको जग्गा अरुलाई बेचेको उनीमाथी आरोप छ । वडा सँघर्ष समितिले वडाध्यक्ष चौधरीलाई मन्दिर निर्माण बाटोघाटोमा नगर्न पटक पटक आग्रह गर्दा समेत नमानेपछि हामीले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय महेश्वर महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤