ताजा समाचार

दुर्घटना कम गर्न सिरहा ट्राफिकले गरे सडकमै चालकको आँखा जाँच

  • माघ ३, २०७५
  • ११३७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०३ माघ । दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गरेका छन् । सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरी लगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । लहान नगरपालिका १ बजरंग पट्रोल पम्प अगाडी पूर्वपश्चिम लोकमार्गमा यातायात ब्यबस्था कार्यालय लहानको मेकेनिकल टिम, कामना नरसिंह होम लहानका मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्पतालका विशेष आँखा चेकजाँच टिम, ईलाका प्रहरी कार्यालय लहान, यातायात ब्यबसायी संघका पदाधिकारीको उपस्थितिमा चालकको आँखा परीक्षण गरिएको हो । परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधि उपलब्ध गराएको र थप उपचारका लागि अस्पताल जान सुझाब दिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।  
50510979_979084438928583_3867581774754217984_n
बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि सिरहा ट्राफिकले आफ्नो मातहतका क्षेत्रमा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षणको अभियान नै सुरु गरेको हो । आँखा परीक्षणँंसंगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो । परिक्षणको क्रममा जम्मा १ सय ९६ जना चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । जसमा ५ जनाको कलर भिजन नभएको, १२ जनामा हाईप्रेसर भएको र ६ जनामा ब्लाइन्डनेस भएको पाईएको उनले बताए । 
 
चेकजाँचमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. सुरतलाल महतो, ओप्टिमिष्टिक एसिस्टेन्ट रामानन्द बिक, यातायात कार्यालय लहानका मेकेनिकल सुपरभाइजर सुदिप दास लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤