Siraha Times
ताजा समाचार

उज्जवल समाज कल्याण समिति द्वारा डेंगुरोग विरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • असोज १२, २०७९
  • १६०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राज कुमार साफी १३ असोज । मधेश प्रदेशको जिल्ला सिरहा गा. पा. बिष्णुपुर-४ थल्हा कटहा मा डेंगुविरुद्दको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकोछ। देशभर डेंगु रोग को प्रकोप दिन प्रतिदिन बढदै गइरहेको अवस्थामा सम्बन्धित निकाय हरु नियन्त्रण गर्न पहल नदेखिएकोले स्थानिय सामाजिक संस्था उज्जवल समाज कल्याण समिती ले कार्यक्रम सम्पन्न गरेकोछ। बिष्णुपुर-४ को वडा अध्यक्ष श्री रामबाबुको नेतृत्वमा स्थानिय बुद्धिजीवी , समाजसेवी, सामाजिक अभियन्ताहरु, युवा लगायत महिला हरु को सहभागिता मा उक्त कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रम मा सहभागी समुहले वडा को प्रत्येक टोल टोल घर घर मा पुगि डेंगु रोग बाट जोगिन अपनाउनु पर्ने सवधानी तथा सरसफाइ प्रति प्रशिक्षण समेत दिएका थिए। उज्ज्वल समाज कल्याण समिति ले पटक पटक स्वास्थय तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेका छन। यस संस्थाले स्वास्थ्य मा सुधार , शिक्षामा सुधार, सरसफाइ , वातावरण संरक्षण , मानविय सहायता, सामाजिक भेदभाव, सामाजिक विकृतिविसंगती न्यूनीकरण दाइजोप्रथा अन्त्री वालविवाह मुक्त समाज लगायत को सामाजिक कार्यहरु संस्थस्को उदेश्य रहेकोले सम्बन्धित कार्यहरु गर्दै आइरहेको छ। समाजसेवी स्थानिय युवाहरु द्वारा संचालित देश तथा विदेशमा समेत क्रियाशिल रहेकोछ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१