Siraha Times
ताजा समाचार

माता दुर्गा भवानीको लंगडी चौक बाट निस्कयो जलयात्रा

  • असोज १०, २०७९
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १० असोज पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चौकमा बिजयादशमी, नवरात्री अवसरमा हुन लागेको माता रानी दुर्गा भवानी को अाज घटस्थापनाको पहिलो दिन जल यात्रा धुमधामको साथ निकालिएको थियो। जलयात्रामा ४ सय जना कन्या कुवारी हरुले जल यात्रामा सहभागी भएका थिए। जलयात्रा लंगडी चौकमा रहेको माता दुर्गा भवानी को पुजा स्थल बाट निसकेको जलयात्रा लंगडी , बखरी गाउँ परिक्रमा र देबी देवता हरुलाई पुजा गरि लंगडी गाउँ को छठियाघाट सिकटा खोलामा गएर जल भरेर दुर्गा भवानीको स्थलमा फर्केको थियो। जलयात्रामा बाजा गाजाको साथमा निसकेको जलयात्रामा पंडित केदार पाण्डे,वडा अध्यक्ष अबास मियाँ, दुर्गा पुजा समितिका बिरेन्द्र साह कलवार ,कमरुल मियाँ ,हरेन्द्र साह कानु, राजेन्द्र साह, लालबाबु पटेल, राममुर्ती साह,पत्रकार लालबाबु बानिया,राजन बानिया,प्रदिप पटेल,रोशन चौरसिया,पिन्टु पटेल,राजकिशोर गुप्ता,मुना सहनी,सामबाबु पटेल,लगायत हजारौको संख्यामा कुवारी कन्या ,महिला, बालबालिका ,पुरुष,युवा लगायत हजारौ को सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१