ताजा समाचार

नेपाली सेनाद्धारा १ किशोरी उपर बलात्कारको प्रयास, उद्धारकर्ता नै प्रहरीको नियन्त्रणमा

  • पुस २८, २०७५
  • १९८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, २८ पौष । सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरी उपर बलात्कारको प्रयास गरेको हो । मिर्चैया ६ मटियर्वा (पानी टँकी) नजिकै एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करनी गर्न खोज्दा उनी चिच्याउँदै गुहार लगाएकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । खेद्दैजाँदा १ जना समातिएपनि दुईजना भने फरार भए । पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही हुन् ।

नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।आवेशमा स्थानीयहरुले कुटपिटसमेत गरेका सेनाका जवानलाई राति नै उपचारका लागि बाहिर पठाइएको छ भने पक्राउ गरेका उनीहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाए । पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले बिहानैदेखि चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् । यता, ईप्रका मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤