नेपाली सेनाद्धारा १ किशोरी उपर बलात्कारको प्रयास, उद्धारकर्ता नै प्रहरीको नियन्त्रणमा

  • पुस २८, २०७५
  • १७७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, २८ पौष । सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरी उपर बलात्कारको प्रयास गरेको हो । मिर्चैया ६ मटियर्वा (पानी टँकी) नजिकै एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करनी गर्न खोज्दा उनी चिच्याउँदै गुहार लगाएकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । खेद्दैजाँदा १ जना समातिएपनि दुईजना भने फरार भए । पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही हुन् ।

नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।आवेशमा स्थानीयहरुले कुटपिटसमेत गरेका सेनाका जवानलाई राति नै उपचारका लागि बाहिर पठाइएको छ भने पक्राउ गरेका उनीहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाए । पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले बिहानैदेखि चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् । यता, ईप्रका मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१