ताजा समाचार

पशुसरह पेलिए शिक्षक ?, सिरहाका विद्यालयहरु बन्द

  • पुस २८, २०७५
  • ६८४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान २८ पौष । मजदुरलाई काममा लगाउँदा आजै पारिश्रमिक दिनुपर्छ । तर, शिक्षकहरुलाई सात आठ महिनाको तलब नदिएर उनका बालबालिकालाई सडकमा पुर्याउँने अवस्था गरेको नेपाल राष्ट्रिय शिक्षक सँघका सिरहा अध्यक्ष देवकुमार यादव बताउँछन् । अध्यक्ष यादवले स्थानीयतहका अधिकारीहरुले शिक्षकलाई गैरकानुनी सरुवा गर्छन् । र, पशु निरिही सरह शिक्षकहरुलाई पेलिरहेकोले आन्दोलन गर्न बाध्य रहेको बताउँछन् । अध्यक्ष यादवले शिक्षकहरुमा रहेको कमिकजोरीलाई औल्याउँदै विद्यालयमा सुत्ने, हलो जोतेर ढिलो विद्यालय पुग्ने, खैनी मोल्ने, राजनीतिक गर्ने, व्यक्तिगत रिसिवी अन्त्य गर्नुपर्ने भन्दै प्रअहरुले हरहिसाव पारदर्शीलगायतको काम गरेर शिक्षामा गति ल्याउँनुपर्ने जरुरी रहेको बताए ।

भगवानपुर गाउँपालिकाका शिक्षा सँयोजक रामकुमार साहले चाडपर्वमा समेत तलब नदिएर शिक्षकहरु जीवन बाँच्न कठिनाई भोगिरहेको छ । ६ महिनादेखि भगवनापुरका एक जना शिक्षकले तलब नपाएर जनमजदुरीको अवस्थामा पुर्याई दिएको बताउँछन् ।

कात्तिक १६ देखि २० गतेसम्म भगवानपुरको १६ वटै विद्यालयमा तलब पुग्ने भनिएको थियो । त्यसपछि छठ्मा तलब पुग्ने भन्दै पटक पटक आश्वासन दिएपनि हालसम्म शिक्षकहरुले तलब पाएका छैन । बाध्य भएर शिक्षकहरुले पौष २३ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । रामदुलारी मावि कल्याणपुरका प्रअ लालदेव साह भन्छन् — वडाध्यक्षले विद्यालयको हाजिरी रजिष्टर आफ्नै कार्यालयमा लगेको छ । शिक्षकहरु हाजिरी गर्न वडा कार्यालय जानुपर्ने अवस्था बनाएको छ । वडाध्यक्षले मेयरको निर्देशन समेत नमानेर हाम्रो तलब रोका गरिएको छ । शिक्षक सँगठन सिरहाका उपाध्यक्ष रामकुमार साहले ६ महिनादेखि तलब पाएका छैन । शिक्षक सरुवा तथा तलब व्यावस्था नगरिए अब आन्दोलनको विकल्प नरहेको बताए । शिक्षक सँगठन सिरहाका उपाध्यक्ष करण दासले तलब नपाएकोले शिक्षकहरु तनावमा छन् । हामी आन्दोलनमा गइसकेकोले तलब नपाईकन अब फिर्ता नहुने बताए । लहानमा सिरहा जिल्लाभरी शिक्षकहरु भेला भएर पौष २७ गते पत्रकार सम्मेलन गर्दै उनीहरुले फुटेर होईन, जुटेर शिक्षकको अधिकार लिने भन्दै लक्ष्मीपुर पतारीका प्रअ विनोद सिंह, गोलबजार डगराहाका राजकुमार महतो, लोकतान्त्रिक शिक्षक सँघका मनोज झा, प्रअ प्रमेश्वर राय, प्रअ नारायणप्रसाद साहलगायतले सशक्त आन्दोलन गर्ने बताएका छन् । शिक्षकहरुले शुक्रबार पत्रकार सम्मेलन गरी अपिल पत्र जारी गरेको छ । सो पत्रमा ७ वटा शिक्षक सँघ संगठनले सहमतीसहित हस्ताक्षरीत गरिएको छ । उनीहरुले पौष २९ र ३० गते सिरहाभरीका सामुदायिक विद्यालय बन्द गर्ने । माघ ३ र ४ गते शिक्षा समन्वय कार्यालय सिरहामा तलाबन्दी गर्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤