Siraha Times
ताजा समाचार

४१ ठूला करदातालाई काठमाडौं महानगरको पत्र : ‘१० दिनभित्र राजस्व तिर्नू’

  • असोज ६, २०७९
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ ।रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ । जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

   त्यसैगरी बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ । भीजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज प्रालिलाई पनि पत्र काटिएको उनले जानकारी दिए । अधिकारीका अनुसार रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे/सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकार/विजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषेत्तम संघइ र किरण संघलाई पनि कर तिर्नका लागि महानगरपालिकाले आह्वान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१