पत्रकार उमा सिंह हत्याको दशौं स्मृति दिवस महासंघले मनाउँदै

  • पुस २७, २०७५
  • ८१८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स हत्या भएको थियो ।

पत्रकार उमा सिंह हत्याको आज एकदशक पुरा, महासंघले स्मृति दिवस मनाउँदै

जनकपुर उपमहानगरपालिका १४ रजौल स्थित राति ९ बजे डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार सिंहको निर्ममतापूर्वक हत्या गरेका थिए ।

सहिद पत्रकार सिंहको दशौं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दीप प्रज्वलन गरी मनाउने भएको छ ।

आज साँझ जनकपुरको जनकचोकमा दीप प्रज्वलन गरी गपत्रकार सिंहको स्मृति दिवस मनाउने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए । उनले उक्त सहिद पत्रकार सिंहको अवसरमा आयोजन हुन लागेको दीप प्रज्वलनमा सहभागि भईदिन सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।

पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।
पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घटनामा संलग्न सहिद पत्रकार सिंहकी भाउजु ललिता जन्मकैदको साजय भुक्तान गरिरहेको बेला गत वर्ष जलेश्वर कारागारबाट रिहा भइसकेकी छन् ।
जिल्ला अदालत धनुषाको आदेशमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी ललित गत वर्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा जेलबाट छुटिसकेकी छन् भने घट्नामा संलग्न अन्य दोषीहरु अझै कानुनी दायरमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१