Siraha Times
ताजा समाचार

ताजिया दाहा मेला शुरु स्थानीयमा खुशीयाली

  • असोज ४, २०७९
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ४ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा मुस्लिम समुदायको ताजीया मेला महोत्सव शुरु भएको छ । मुस्लिम धर्मको लागि आफ्ना ज्यान आहुती दिने हजरत हसन र हजरत हुसेनको संझनामा ताजीया मेलाको आयोजना गरिएको मेला आयोजक कमिटीका रहमुल राईनले जानकारी दिए । उत्तर दक्षिण लोकहा भगवानपुर सडकको सखुवा नन्कारकट्टी गाउपालिकाको खैरबोना चोकमा बनाइएको दाहा ताजीया मेलाको उद्घाघाटन पालिका अध्यक्ष केदार नाथ यादबले गर्नु भएको थियो । मधेश मिडिया मिसनको नौलो कार्यक्रमका प्रस्तोता तथा वरिष्ट पत्रकार रहमुल राईनको संयोजकत्वमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष केदार नाथ यादबले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा अथितिहरू दिनेस्वर प्रसाद गुप्ता, मनोज बनैता, महेश सिंह, सम्भु चौधरी, सन्तोष बराइली,लगायतको सहभागितामा आयोजित कार्यक्रममा मुस्लिम समुदायका युवाहरुले आ आफनो कला प्रदर्शन गरेका थिए । कार्यक्रम स्थलमा बाजाको तालमा युवाहरुले आफ्ना कला प्रदर्शन गर्दा दर्शकको ठूलो भीड लागेको थियो । संक्षिप्त कुराकानीमा आत्म रक्षाको लागि यो पर्व मनाउने गरिन्छ साथै लगातार चार दिनसम्म मेला जारी रहने ताजिया मेला कमिटीका रहमुलले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

संविधान दिवस मनाउन स ...

रहमुल, लहान, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाउन सिरहामा जिल्ला ...

खडकमा सर्पदंश उपचार ...

ओम प्रकाश यादव असोज १ । सर्प तथा बिच्छीको टोकाइबाट प्रभावित हजारौँ बिरामीले उपचार सेवा पाउँदै आएको ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१